१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका सिन्धुपाल्चोक
२o८१ बैशाख ३१ सोमबार १४:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लोकतन्त्रमा पार्टीको विकल्प स्वतन्त्र हुन सक्दैन : सभामुख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १४:३१:oo

सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्प स्वतन्त्र हुन नसक्ने बताएका छन्। 

सोमबार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरूको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

स्थानीय तहको निर्वाचनपछि स्वतन्त्रको चर्चा भए पनि लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्प स्वतन्त्र हुन नसक्ने उनको भनाइ थियो।

‘स्वतन्त्रहरूले पनि आफ्नो ठाउँमा योगदान दिइरहेका छन् । युवाहरूको क्षमता बाहिर ल्याएका छन्। त्यो ठीक छ। तर, अहिलेका लागि लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएकाले पार्टीको विकल्प छैन। राजनीतिक पार्टीभित्र युवाहरूलाई प्रोत्साहन गर्ने र पार्टीभित्र युवाहरूले नेतृत्वदायी भएर अगाडि बढ्ने कुरामा ध्यान दिनुपर्छ।’ 

उनले राजनीतिक पार्टी तथा विकास निर्माणको योजना बनाउँदा युवाको सहभागिता बढाउन आवश्यक रहेको बताए।
उनले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्नेमा जोड दिए। सापकोटाले पर्वतीय क्षेत्रको विकास गर्न सके मात्रै देशमा पर्यटनको विकास हुन सक्ने जिकिर गरे। 

सभामुख सापकोटाले स्थानीय र केन्द्र सरकारले पर्यटन विकासका लागि युवामैत्री नीति बनाउन आवश्यक रहेको औँल्याए। 
 

ad
ad