Skip This
डेंगु नियन्त्रणमा जुटे लमजुङका स्थानीय तह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १० सोमबार
  • Saturday, 27 July, 2024
२o७९ असोज १० सोमबार १३:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डेंगु नियन्त्रणमा जुटे लमजुङका स्थानीय तह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १० सोमबार १३:o९:oo

डेंगु संक्रमण बढ्न थालेपछि नियन्त्रण र रोकथामका लागि लमजुङका स्थानीय तह जुटेका  छन्। डेंगुबाट संक्रमित हुनेको संख्या दिनहुँ बढ्न थालेपछि यहाँका स्थानीय तह नियन्त्रणमा जुटेका हुन्।

सदरमुकामस्थित बेँसीसहर नगरपालिकाले डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरुवात गरेको छ। कोभिड–१९ को संक्रमणपछि अहिले पुनः डेंगु जोखिम बढेकाले यसको नियन्त्रण गर्नुपर्ने स्थानीय सरकारको दायित्व रहेको बेँसीसहरका प्रमुख गुमानसिंह अर्यालको भनाइ छ। ‘कोभिड संक्रमण बिस्तारै अन्त्य हुने क्रममा छ। फेरि डेंगुले दुःख दिन थाल्यो,’ उनले भने, ‘हरेक विपत् समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध छ।’

डेंगु नियन्त्रणका लागि लामखुट्टेले फूल पार्ने ठाउँहरू खोजी गरेर नष्ट गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोजसिंह बोहराले बताए । ‘लामखुट्टेले फूल पार्न सक्ने सम्भावित स्थानहरू पानी जमेको ठाउँ, टायरमा जमेको पानीलाई नष्ट गर्ने अभियान सुरुवात गरेका छौँ,’ उनले भने, ‘प्रत्येक वडामा पनि जनप्रतिनिधिको नेतृत्वमा यो अभियान सुरु भएको छ।’

लमजुङमा डेंगुबाट संक्रमित हुनेको संख्या आइतबारसम्म  ६८ पुगेको  स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले जानकारी दिए। जिल्लामा डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि अस्पतालमा भर्ना भएर बसेका बिरामी र बिरामी कुरुवालाई सचेतना जगाउने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जिल्ला अस्पताल लमजुङका  अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए।