१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:३३:oo

समानुपातिक सूची दर्तासँगै पाटीभित्र चर्को असन्तुष्टिको अवस्था किन आयो ?
साथीहरूले पार्टीभित्र ‘प्रेसर क्रिएट’ गर्न यस्तो गर्नुभएको होला । पार्टीमा खासै समस्या छ जस्तो त लाग्दैन । समानुपातिक सूची तयार पार्न वर्तमान र पूर्वपदाधिकारीले सभापतिलाई अधिकार दिनुभएको हो । अहिले आफूहरू नपरेपछि साथीहरूले गुनासो गर्नुभएको होला । त्यसलाई सम्बोधन गरेर अघि बढ्नुपर्छ । 

संस्थापनइतर समूहले त निर्वाचन प्रक्रियाबाट अलग्गिने अवस्था पनि आउन सक्छ भनिरहेको छ नि ?
लोकतान्त्रिक पार्टी भएकाले कांग्रसका साथीहरू बोल्न पाइयो भने जे पनि बोलिदिनुहुन्छ । तर, साथीहरूले भनेको जस्तो अवस्था आउला जस्तो लाग्दैन । कांग्रेस जस्तो पुरानो र ठुलो पार्टीमा धेरै साथीहरू हुनुहुन्छ । जसले लामो संघर्ष गरेर आउनुभएको छ । अहिले गठबन्धन बनाएर जाँदा धेरै साथीहरू छुट्ने अवस्था आइरहेको छ । यो अवस्थामा साथीहरूको गुनासो हुनु अस्वाभाविक होइन । 

निर्वाचनको मुखमा देखिएको यस्तो अवस्थाले तल्लो तहका कार्यकर्ता र आममतदातामा कस्तो प्रभाव पार्ला ?
लोकतान्त्रिक पार्टीमा मतमतान्तर देखिनु स्वाभाविक हो । निर्वाचनको मुखमा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता एकताबद्ध भई जानुपर्छ । तल्लो तहका कार्यकर्ता पार्टीमा एकता होस्, विवाद कम होस् भन्ने चाहन्छन् । पार्टी नेतृत्वले सबैलाई मिलाएर लानुपर्छ । यस्तो अवस्थामा कसैले पार्टी नीतिविपरीत जान खोज्छ भने ऊमाथि पार्टीले कारबाही गर्नुपर्छ । 

ad
ad