Skip This
पाकिस्तानमा खाद्य अभाव नरहेको दाबी
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ८ शनिबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका इस्लामावाद
२o७९ असोज ८ शनिबार १९:४३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानमा खाद्य अभाव नरहेको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, इस्लामावाद
नयाँ पत्रिका
२o७९ असोज ८ शनिबार १९:४३:oo

बाढी पहिरोबाट आक्रान्त पाकिस्तानमा खाद्य पदार्थको अभाव नहेको दाबी गरिएको छ। पाकिस्तानको राष्ट्रिय खाद्य व्यवस्थापन समन्वय केन्द्रले खाद्य पदार्थ नभएर समस्या उपन्न हुने अवस्था नरहेको स्पष्ट पारेको हो। 

आगामी छ महिनाका लागि पुग्ने गरी खाद्य पदार्थको भण्डारण गरिएकोले चिन्ता लिनुनपर्ने केन्द्रका अधिकारीहरूको दाबी छ। पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोका कारण दैनिक रूपमा जनधनको क्षति भइरहेकाले खाद्य पदार्थको पनि अभाव हुन सक्ने चिन्ता व्यक्त भइरहेका वेला अधिकारिक निकायका अधिकारीहरूले खाद्य पदार्थको अभाव नरहेको स्पष्ट पारेका हुन्। 

अहिले भण्डारण भएको खाद्य पदार्थ सकिने वेलासम्म अर्को बाली भित्र्याइने भएकाले पनि खाद्य पदार्थको समस्या नहुने अधिकारीहरूको विश्वास छ। पाकिस्तानमा अहिलेको मनसुन सुरु भएदेखि यता बाढी पहिरोका कारण एक हजार पाँच सयभन्दा बढीको मृत्यु भएको छ भने झन्डै १३ हजार घाइते भएका छन्।