१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १३:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

गुमनाम जुम्लाको गिडीताल (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:५१:oo

जुम्लाको तातोपानी गाउँपालिका–४ मा अवस्थित गिडीताल समुन्द्री सतहदेखि तीन हजार ४८२ मिटर उचाइमा छ। पहाडै पहाडको खोँचमा रहेको ताल हिमाली भेगमा पाइने कोणधारी जंगलले ढाकिएको छ।

कर्णालीका प्राकृतिक तालहरुमध्ये एक महत्वपूर्ण मानिने यो तालसम्म पुग्ने सडक तथा पदमार्ग नहुँदा अपेक्षाकृत प्रचारप्रसार भएको छैन। राणाकालदेखि हालसम्मको इतिहासमा गुमनाम अवस्थामा रहेको यो पर्यटकीय तालसम्म पहिलोपटक स्थानीय सरकारको टोली पुगेको छ।

गुमनाम अवस्थामा रहेको गिडीतालमा सम्भवतः सरकारी टोली पुगेर सम्मेलन गरेको यो पहिलोपटक हो। पर्यटन प्रबर्द्धन र प्रचारप्रसारका लागि पहिलोपटक सरकारी टोली गिडीताल पुगेर असोज ४, ५ र ६ गते पर्यटन सम्मेलन गरेको हो।

स्थानीय तहको दोस्रो निर्वाचनबाट नयाँ जनप्रतिनिधि आएपछि तातोपानी गाउँपालिका–४ मा अवस्थित गिडीतालमा वडाका प्रतिनिधिको टोली पुगेको हो। वडा नं ४ का अध्यक्ष अमरबहादुर रोकायाको पहलमा तालको संरक्षणका लागि सरकारी स्तरबाट प्रयास सुरु गरिएको हो।

ad
ad