१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शंकर पोखरेलको टिप्पणी- गठबन्धनसँग न गन्तव्य छ, न गतिलो नेतृत्व 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:२१:oo

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँचदलीय गठबन्धनसँग चुनावमा जाने नेतृत्व नभएको बताएका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघको प्रचार भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको कुनै लक्ष्य, उद्देश्य, गन्तव्य र चुनावमा जाने नेतृत्व नभएको टिप्पणी गरेका हुन्। 

उनले गठबन्धनले भविष्यको प्रधानमन्त्री को हो भनेरसमेत भन्न नसक्ने दाबी गरे।  पाेखरेलले नेपाल लोकतन्त्रमा प्रवेश गरिसकेको भन्दै अब धेरै राजनीतिक दलहरूको आवश्यकता नरहेको जिकिर गरे। 

उनले जति धेरै राजनीतिक दलहरू भए त्यति नै धेरै नीतिगत विचलन, राजनीतिक अस्थिरता, स्वार्थहरूको सम्झौता हुने उल्लेख गरे। 

पोखरेलले ध्रुवीकरणलाई रोक्न र राष्ट्रिय शक्ति निर्माणको यात्रालाई रोक्न पाँचदलीय गठबन्धन अघि बढिरहेको आरोप लगाए। उनले पाँचदलीय गठबन्धनको भविष्यको प्रधानमन्त्री को हो ? घोषणा गर्नका लागि आह्वान गरे।  

‘गठबन्धनको कुनै लक्ष्य, उद्देश्य, गन्तव्य छैन, गठबन्धनसँग चुनावमा जाने नेतृत्व पनि छैन। भविष्यको प्रधानमन्त्री को हो, भन्न सक्दैन पाँचदलीय गठबन्धन। अब नेपाल, लोकतन्त्र, गणतन्त्रको युगमा प्रवेश गरेका वेलामा धेरै राजनीतिक दलहरूको आवश्यकता छैन,’ उनले भने, ‘जति धेरै राजनीतिक दल, त्यति धेरै नीतिगत विचलन, जति धेरै राजनीतिक दल त्यति धेरै राजनीतिक अस्थिरता, स्वार्थहरूको सम्झौता, त्यसबाट मुलुकलाई मुक्त गर्न अब राजनीतिक ध्रुवीकरण जरुरी छ।’

एमालेविरुद्धमा चौतर्फी घेराबन्दी भइरहेको भन्दै गठबन्धनले गरेको घेराबन्दी जनताको जीवनमा परिवर्तन ल्याउन नभएको जिकिर गरे। 

उनले भने, ‘अब मुलुकलाई नयाँ बाटोमा लैजानुपर्ने आवश्यकता छ। हाम्रो पार्टीविरुद्ध र पार्टी नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी भएको छ । यो घेराबन्दी देश बनाउनका लागि होइन, यो घेराबन्दी जनताको जीवनमा परिवर्तन ल्याउनका लागि होइन, यो घेराबन्दी नेपाली युवाहरूको भविष्यलाई उज्यालो बनाउनका लागि होइन, यो घेराबन्दी जनताबाट तिरस्कृत भएका नेताहरूको राजनीतिक भविष्यको सुरक्षाका लागि गरिएको हो।’