१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
मनीष खड्का रुकुमपूर्व
Invalid date format १९:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रुकुमपूर्व दुर्घटना : मृतकको सनाखत, आमा-छोरासहित पाँचको मृत्यु 

Read Time : > 1 मिनेट
मनीष खड्का, रुकुमपूर्व
नयाँ पत्रिका
Invalid date format १९:३५:oo

 रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ को क्याङ्सी बगरमा भएको बस दुर्घटनामा ज्यान गुमाउने सबैको पहिचान खुलेको छ। 

बिहीबार काठमाडौंबाट रुकुमकोटतर्फ आइरहेको ग १ ख ९१०९ नम्बरको बस जिल्लाको भूमे गाउँपालिका वडा नम्बर २ खाबाङनजिकै वडा नम्बर ३ को क्याङसी बगरमा दुर्घटनाग्रस्त हुँदा आमा छोरासहित ५ जनाको मृत्यु भएको हो। 

उक्त दुर्घटनामा परी मृत्यु हुनेमा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ चारगाउँका ३६ वर्षीय पूर्णबहादुर बुढा, भूमे गाउँपालिका वडा नम्बर ५ डालिबाङका २३ वर्षीय बुद्धिमान बुढा, सिस्ने गाउँपालिका वडा नम्बर ६ का २ वर्षीय बालक सिजन खड्का र उनकी आमा ४० वर्षीया लक्ष्मी खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिए। 

उनका अनुसार दुर्घटनामा परी बसचालक रामेछाप जिल्लाका २६ वर्षीय लीलाभक्त श्रेष्ठको पनि मृत्यु भएको छ। 

२ वर्षीय बालक सिजन र बुद्धिमानको जिल्ला अस्पताल रुकुमकोटमा उपचारको क्रममा मृत्यु भएको हो भने बाँकी ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, दुर्घटनामा परी गम्भीर घाइते ४ जनालाई उपचारका लागि बाँकेको कोहलपुर लगिएको छ। 

सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले सिस्ने गाउँपालिका वडा नम्बर ६ का ३६ वर्षीय लालबहादुर खड्का, सोही ठाउँका ६ वर्षीय साइमान खड्का र १९ वर्षीया निरुता थापा तथा रुकुम पश्चिम आठबीसकोट नगरपालिका १३ का ३५ वर्षीय डम्बर नेपालीलाई कोहलपुर पठाइएको प्रहरी निरीक्षक खत्रीले बताए।

 दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको छ। 

अन्य घाइतेहरूमा रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर ८ का ६१ वर्षीय मोहन बुढा, रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर ११ का २१ वर्षीय घमण्ड खड्का मगर, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ८ का २२ वर्षीय किसान क्षेत्री, रुकुमपूर्व भूमे गाउँपालिका वडा नम्बर ५ का २५ वर्षीय खमेन्द्र बुढा, भूमे ३ का ३२ वर्षीय शक्ति पुन, पुथाउत्तरगंगा गाउँपालिका ११ का २२ वर्षीय भरत बुढा, भूमे गाउँपालिका ५ का १९ वर्षीय सुवर्ण बुढा र बाग्लुङको बुर्तिबाङ नगरपालिका १ का १८ वर्षीय सुनील पौडेल रहेको प्रहरीको भनाइ छ। बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बसका सहचालकले गाईवस्तुलाई जोगाउन खोज्दा दुर्घटना भएको जानकारी दिएको तर थप अनुसन्धान चलिरहेको छ।