मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
बंगलादेशी गोलरक्षक रुपना चक्माको गृहनगर रंगामाटीस्थित घर
Invalid date format o८:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

गोलरक्षक रुपनाको नयाँ घर बनाउन निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३६:oo

बंगलादेशी महिला राष्ट्रिय फुटबल टोलीले पहिलोपटक ठूलो अन्तर्राष्ट्रिय उपाधिका रूपमा छैटौँ दक्षिण एसियाली फुटबल च्याम्पियनसिपको उपाधि उचालेको थियो । बंगलादेशले आयोजक नेपाललाई ३–१ ले हराउँदै उपाधि उचाल्नुपछाडि गोलरक्षक रुपना चक्माको योगदान धेरै छ । फाइनलमा बाहेक रुपनाले सबै खेलमा ‘क्लिन सिट’ प्राप्त गरेकी थिइन् । समूह चरणमा साबिक पाँचपटकको विजेता भारतमाथि ३–० को ऐतिहासिक जित गरेको क्षणमा पनि रुपनाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । 

छैटौँ साफ च्याम्पियनसिपमा असाधारण प्रदर्शन गर्नुका साथै राष्ट्रलाई पहिलो ठूलो उपाधि दिलाउन योगदान गरेका कारण नै गोलरक्षक रुपनाले बंगलादेश सरकारबाट नयाँ घर पाउने भएकी छन् । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले साफ विजेता टोलीकी गोलरक्षक रुपनाको गृहनगर रंगामाटीमा नयाँ घर बनाउन निर्देशन दिएकी छिन् ।

छैटौँ साफ च्याम्पियनसिपको उपाधि जित्न महत्वपूर्ण योगदान गरेकी गोलरक्षक रुपनाको गृहनगर रंगामाटीमा नयाँ घर बनाउन बंगलादेशी प्रधानमन्त्री सेख हसिनाले निर्देशन दिइन् 
 

प्रधानमन्त्री हसिना अमेरिकामा आयोजना भइरहेको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिइरहेकी छिन् । सामाजिक सञ्जालमा गोलरक्षक रुपनाको जीर्ण घर देखेपछि प्रधानमन्त्री हसिनाको ध्यानाकर्षण भयो । प्रधानमन्त्रीले अमेरिकाबाट रुपनालाई नयाँ घर बनाउन सरकारलाई निर्देशन दिएको उनका प्रेस सचिव एससानुल करिमाले बताए । 

रंगामाटीका डेपुटी कमिसनर मोहम्मद मिजानुर रहमानले रुपना र रितु पोर्नाको घरमा मिठाई, फलफूल र फूल उपहार लिएर गएका थिए । छैटौँ साफ च्याम्पियनसिपमा रुपना उत्कृष्ट गोलरक्षक बनेकी थिइन् ।