१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इस्लामाबादमा मनाइयो नेपाली राष्ट्रिय दिवस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:o२:oo

पाकिस्तानको इस्लामाबादस्थित नेपाली राजदूतावासले नेपालको संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा स्वागत समारोह आयोजना गरेको छ।

नेपाली राजदूत तापस अधिकारीले नेपालको इतिहासमा संविधान दिवसको महत्व र नेपाल जस्तो विविधताले भरिएको देशमा राष्ट्रिय एकतामा यसको भूमिकाबारे बताएका थिए। 

राजदूत अधिकारीले नयाँ संविधानले संघीय शासन प्रणाली र लोकतान्त्रिक मूल्य मान्यताका साथै मानवअधिकार र मानवीय मर्यादाका सिद्धान्तहरूलाई समेटेको बताएका थिए।
 
उनले भने, ‘संविधान जारी भएको सात वर्षपछि नेपाली जनताको विकास र समृद्धिको दीर्घकालीन आकांक्षा पूरा गर्न संविधानले राखेको जग थप मजबुत हुँदै गएको छ।’
 
नेपाल र पाकिस्तानबीच  सौहार्दता, मित्रता र सहयोगको उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहेको पनि राजदूत अधिकारीको भनाइ थियो। उनले पारस्परिक लाभका लागि सम्भाव्यताअनुसार सम्बन्धलाई थप विस्तार र विविधीकरण गर्नुपर्नेमा जोड दिए।
 
राजदूत अधिकारीले पाकिस्तानमा हालै आएको मनसुनी बाढीबाट भएको क्षतिप्रति पाकिस्तान सरकार र जनताप्रति समवेदना व्यक्त गरेका थिए। उनले यस्तो संकटको घडीमा नेपाल र पाकिस्तानले एकअर्कालाई सहयोग गर्ने गरी काम गरिरहेको बताए।

नेपालको प्राकृतिक र सांस्कृतिक आकर्षणलाई उजागर गर्दै राजदूत अधिकारीले सबैलाई सुन्दरता र आविष्कारको भूमिको अनुभूति गर्न नेपाल भ्रमण गर्न निम्तो दिए।
 
पाकिस्तानका ऊर्जामन्त्री खुर्रम दस्तगिर खानले पाकिस्तान सरकारको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरे। उनले नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धको उत्कृष्ट अवस्था रहेको पनि बताए। 

लागुऔषध नियन्त्रण मन्त्री नवाबजादा शजैन बुग्ती, संघीय लागुऔषध नियन्त्रण मन्त्री, सांसदहरू, सिनेटर मुशाहिद हुसेन सैयद, अध्यक्ष सिनेट रक्षा समिति, पूर्वमन्त्रीहरू, पाकिस्तान सरकारका उच्च नागरिक र सैन्य अधिकारीहरू र नेपालका लागि पाकिस्तानका पूर्वराजदूतहरू; पाकिस्तानका लागि राजदूत-उच्चायुक्तहरू साथै कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी रहेको नेपाली राजदूतावासले जनाएको छ।