मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १८:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीका नामुद मिटरब्याजी अनिरुद्ध जेल चलान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१६:oo

महोत्तरीका नामुद मिटरब्याजी अनिरुद्ध साह जेल चलान भएका छन्। जिल्ला अदालतका न्यायाधीश हेमबहादुर सेनको एकल आदेशले उनलाई पुर्पक्षको लागि थुनामा पठाइएको हो।

मंगलबार मात्रै अनिरुद्ध साहको जिल्ला अदालतमा बयान चलिरहेकोमा दबाबस्वरूप मिटरब्याजी पीडितहरूले जलेश्वरमा प्रदर्शन गरेका थिए। उनीमाथि दर्जनौँ मानिससँग अवैध ब्याजमा पैसा लगाई अवैध असुली गर्ने गरेको र धेरैको घरवारविहीन नै बनाएको आरोप छ।

जिल्ला अदालत महोत्तरीका श्रेस्तेदार मदनप्रसाद जयसवालले अनिरुद्ध साहविरुद्ध पर्याप्त सवुत प्रमाणहरू देखिएकोले पुर्पक्षमै राखेर मुद्दा अगाडि बढाउनुपर्ने अवस्था देखिएकोले न्यायाधीशबाट सोहीबमोजिमको आदेश आएको हो।