Skip This
कांग्रेसले दियो निर्वाचन घोषणापत्र तयारी समितिलाई पूर्णता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसले दियो निर्वाचन घोषणापत्र तयारी समितिलाई पूर्णता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५१:oo

कांग्रेसले ‘प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति– २०७९’लाई पूर्णता दिएको छ।
 
प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको समितिमा आज सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
 
समिति सदस्यमा पार्टीका सहमहामन्त्री फरमुल्लाह मन्सुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे, जीवन परियार तथा पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, किरण यादव, योगेन्द्र चौधरी, रंगमती शाही, प्रा.डा. गोविन्दराज पोख्रेल, सुशीला भट्ट मिश्र, नानु बास्तोला मनोनीत भएका छन्। 

यसैगरी, समिति सदस्यमा अनुराधा कोइराला, मनोहरनारायण श्रेष्ठ, किरण गिरी, डा. विष्णुविभु घिमिरे, श्रवण मुकारुङ, डा. स्वर्णीम वाग्ले, डा. सुरेश आचार्य, गेजा शर्मा वाग्ले, मदन कट्टेल, प्रमोदहरि गुरागाईं, डा. अञ्जनी झा, ई. अभिमन्युलाल सिं, डा. ई. हरि दर्लामीमगर छन्।

यस्तै, अधिवक्ता डा. रुद्र शर्मा, डा. सञ्जय महतो थारू, भोजराज श्रेष्ठ, प्रताप पौडेल, डा. बुद्धिमान श्रेष्ठ, शंकर तिवारी, डा. कृष्ण पौडेल, दीपेश घिमिरे, प्रकाश लामिछाने, डा. प्रीति मण्डल, मीन भाम, विनोद दास, सुमित खरेल र विकल राईसमेत समितिकाे सदस्यमा मनोनीत भएका छन्। समितिको सदस्यसचिवमा पार्टी कार्यालयका सचिव डा. प्रदीप पराजुली छन्।