मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज ५ बुधबार १०:३१:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ असोज ५ बुधबार १०:३१:००
  • योगले नेचुरल किलर सेलको संख्या बढाई क्यान्सरसँग लड्ने क्षमताको विकास गर्छ । यसले क्यान्सरको उपचारमा प्रयोग गरिने किमोथेरापी, रेडियोथेरापी तथा सर्जरीका दुष्प्रभाव अन्त गरी बिरामीका पीडा, दुःख, डिप्रेसन घटाउँछ ।
  • योगले सेरोटोनिन, गावाजस्ता स्नायु प्रणालीसँग सम्बन्धित रसायन बढाई मानसिक तनाव, डिपे्रसनजस्ता मानसिक रोगबाट पनि छुटकारा दिलाउने काम गर्छ ।
  • योग गर्दा मुड डिसअर्डर, सिजोफ्रेनिया, सोमाटाइजेसन, डर, चिन्ताजस्ता मानसिक रोगको उपचारमा प्रयोग भएका औषधिका दुष्प्रभावलाई पनि कम हुन्छ । योग गर्दा शरीरमा इन्सुलिन हर्मोनको पनि विकास हुन्छ ।  यसले इन्सुलिनको अवरोधलाई कम गरी रगतमा चिनीको मात्रा नियन्त्रण गर्नेसमेत काम गर्छ । त्यसैले नियमित योग गर्दा मधुमेह लाग्ने सम्भावना निकै कम हुन्छ ।
  • योगले मस्तिष्कको भावनात्मक केन्द्र, लिम्बिक कर्टेक्सलाई प्रभावित पारी सम्पूर्ण स्नायु प्रणालीको काममा सकारात्मक प्रभाव पार्छ ।
  • योगले शरीर तथा मनलाई गहिरो विश्राम दिई अम्लपित्त, ढाड दुख्ने समस्या, माइग्रेन, दम, महिनावारी अनियमितता, बाँझोपन तथा कब्जियतको समस्यालाई पनि निर्मूल पार्न सहयोग पु¥याउँछ ।