१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रासस धनगढी
२o८१ बैशाख ३१ सोमबार १९:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सञ्चालनमा आएनन् चाडपर्वलक्षित सुपथ मूल्य पसल 

Read Time : < 1 मिनेट
रासस, धनगढी
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:१७:oo

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय धनगढीले चाडपर्वलाई लक्षित गरी हरेक वर्ष असोज १ गतेदेखि  सञ्चालन गर्ने गरेका सूपथ मूल्य पसल यस वर्ष अहिलेसम्म पनि सञ्चालनमा आएका छैनन्।

सुपथ मूल्य पसल सञ्चालनबारे केन्द्रीय कार्यालयबाट कुनै जानकारी प्राप्त नभएकाले पसल सञ्चालनमा नआएको साल्ट ट्रेडिङ कर्पोरेसन प्रदेश कार्यालयका निमित्त कार्यालय प्रमुख तथा सहायक महाप्रबन्धक तेजबहादुर कुँवरले जानकारी दिए। 

यस वर्ष सुपथ मूल्य पसल सञ्चालनबारे अन्योलता देखिएको छ। 'पत्र आएको छैन, अनि मात्र पसल सञ्चालनको टुंगोमा पुग्छौँ,' उनले भने। 

सूपथ मूल्य पसल सञ्चालनबारे जानकारी लिनका लागि दिनहुँ सर्वसाधारण आउने गरेको प्रमुख कुँवरले बताए।   

धनगढी उपमहहानगरपालिका–२ सन्तोषी टोलका पूर्ण बडुवालले दसैँको अवसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइनुपर्ने बताए। 'बजारमा  दैनिक उपभोग्य वस्तुको मूल्य ह्वात्तै बढेको छ, सर्वसाधारण मरमा परेका छन्,' उनले भने।  

साल्ट ट्रेडिङले हरेक वर्ष कैलालीको धनगढी, अत्तरिया र टीकापुर, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको थियो।

सरकारले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सुपथ मूल्य पसलको व्यवस्था गर्ने गरेको छ। 

ad
ad