१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १५:३२:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

५० वर्षपछि अस्तित्व जोगाउन भौँतारिँदै रामपुर क्याम्पस 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:३२:oo

स्थापनाको ५० वर्षपछि एउटा सिंगो इतिहास बाेकेकाे रामपुर क्याम्पस आफ्नो अस्तित्व जाेगाउन भाैँतारिरहेकाे छ। 

पश्चिमचितवनको रामपुर छाडेर चार वर्ष अघिदेखि पूर्वीचितवनको खैरहनीमा सञ्चालनरत क्याम्पसले प्रधानमन्त्री, मन्त्री, कृषि वैज्ञानिकहरू, सरकारी उच्च पदाधिकारी उत्पादन गरिसकेको छ। तर, आफ्नै संरचना नहुँदा भने क्याम्पस टुहुरोजस्तै बन्न पुगेको छ।

०६९ सालमा रामपुरमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्थापनापछि त्रिभुवन विश्वविद्यालयको नयाँ भर्ना रोकियो। 

रामपुर क्याम्पसको अस्तित्व मेट्न हुँदैन भन्नेहरूले यसलाई खैरहनीमा सारे। ६ वर्षदेखि रोकिएको नयाँ भर्ना खैरहनीबाट सुरु भएको क्याम्पस प्रमुख मिलन सुवेदी बताए।
 
वितगमा चितवनका शिक्षाप्रेमी महानुभाव र राजनीतिक दलले खेलेको सकारात्मक भूमिकाकै कारण खैरहनी आएर चार वर्षअघि ५० जना विद्यार्थीलाई स्नातक तहका भर्ना गरेर पढाउन थालेको सुवेदी बताउँछन्।

त्यसकै परिणामा त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस, रामपुर क्याम्पस अहिले पनि अस्तित्वमा छ। पाँचौँ ब्याच सञ्चालन हुँदै गर्दा हाल दुई सय ४५ जना विद्यार्थी यहाँ अध्ययनरत छन्। तर, नेपालको कृषि शिक्षाको पहिलो संस्था ०६९ देखि भने अन्योलमा रहेको सुवेदी गुनासो गर्छन्। 

उनका अनुसार नेपाल सरकार र संसदबाट कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन पास गरी रामपुर क्याम्पसको परिसरमा नयाँ विश्वविद्यालय कृषि तथा वन विश्वविद्यालय स्थापना भएपछि रामपुर क्याम्पसले अन्योलता भोग्दै आएको छ।

नयाँ विश्वविद्यालयसँगै त्रिभुवन र कृषि तथा वन विश्वविद्यालयबीच टकराव देखियो। त्यसपछि राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य प्रा.डा. गीताभक्त जोशीको संयोजकत्वमा त्रिवि र कृषि वन विश्वविद्यालयको विवाद हल गर्ने र सम्पत्ति हस्तान्तरण गर्ने गरी एउटा समिति गठन भयो। 

समितिमा आएका सुझावका आधारमा रामपुर क्याम्पसको हकमा कृषि वन विश्वविद्यालयको कृषि कार्यक्रम सञ्चालन भएकाले त्योभन्दा फरक अर्को विषय सञ्चालन गर्न मात्र उक्त ठाउँमा जग्गा दिने निर्णय भयो। 

यद्यपि, उही विषय पढाए पनि त्रिविले गुमाएको जग्गा पूर्वीचितवनको शक्तिखोर, जुटपानी, चैनपुर कुनै एक ठाउँमा शाेधभर्ना गर्ने प्रतिवेदनको सुझावको आधारमा नेपाल सरकारको मन्त्रिपरिषद्ले ०७४ वैशाख ७ मा निर्णय गरेर कार्यान्वयनको लागि पत्रचार गरेको थियो। 

सोही निर्णयअनुसार पूर्वीचितवनको कंकाली सामुदायिक वनको जग्गा चैनपुर, भुतियामा सारी पठनपाठन सुचारु गर्ने भनिएको छ। त्यसका  लागि वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदन पनि स्वीकृत भएको छ।

भवन निर्माण र अध्ययनको सुरुवातका लागि भने क्याम्पसले वन मन्त्रालयले मन्त्रिपरिषदबाट दिने निर्णयको प्रतीक्षा गरिरहेको सुवेदीले जानकारी दिए। 

यही जमिनमा भवन बनाउन आतुर भएको सन्देश दिन क्याम्पस र स्थानीयको सक्रियतामा भदौको पहिलो हप्ता क्याम्पसको स्वर्णजयन्ती मनाइएको छ।

स्वर्ण महोत्सवको अवसरमा भवन निर्माणस्थलमा सम्पन्न विचार गोष्ठीमा स्थानीय राजनीतिक दल, प्रदेश सांसदसहित बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले कलेज सञ्चालनमा आफूहरू सकारात्मक रहेको भन्दै सहजीकरणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 

आंगिक क्याम्पस भनिएको रामपुरको आफ्नै भवन छैन। खैरहनी माविले ११ र १२ कक्षा सुरु गर्न बनाएको पुरानो भवनमा कृषि क्याम्पसका विद्यार्थी पढ्दै आएका छन्।
 
तत्कालीन कृषि सेवा कार्यालयमा पुस्तकालय र आइटी कक्ष बनाइएको छ। पोखराबाट आएर दोस्रो वर्षको छैटाैँ सेमिस्टरमा अध्ययनरत श्रीया सापकोटाले भनिन्, ‘पाँचवटा ब्याचका लागि पढ्ने चारवटा कक्षाकोठा छन्। हामी पालो लगाएर पढ्ने समय मिलाएका छौँ।’

पुस्तकालय र प्रयोगशाला कक्ष साँघुरो भवनमा छुट्टै छ। उनले थपिन्, ‘कलेजको आफ्नै भवन नहुँदा अध्ययनमा असर परिरहेको छ। नियमअनुसार जग्गा प्राप्तिका लागि अघि बढेको क्याम्पस प्रमुख सुवेदी बताउँछन्। 

‘कोभिड, राजनीतिमा आएको परिवर्तनसँगै मन्त्रीहरूको हेरफेरले पनि हामीलाई असर गर्‍यो,’ उनले भने, ‘अब छिट्टै छरिएको संरचनाबाट हटेर एकै ठाउँमा कलेज सञ्चालन गर्न सकिन्छ भन्ने अपेक्षा गरेको छु। सुरुवातमा हामी माओवादी लडाकु शिविर रहेका संरचनालाई मर्मत गरेर पठनपाठन सुरु गर्ने सोचमा छौँ। अवश्यकताअनुसार वनको क्षति नहुने गरेर संरचना बनाउने सोच हो।’ 

अहिले उक्त ठाउँमा सशस्त्र प्रहरी बल, नेपाल शिविर सुरक्षा बेस पनि छ। २१.५९ हेक्टर क्षेत्रफलको जमिन भोकाधिकारका लागि प्रयोग गर्न दिने सहमति भएको छ।  

इतिहास बोकेको कृषि क्याम्पस 

नेपालको कृषि क्षेत्रमा काम गर्ने तालिम प्राप्त ग्रामीण कृषि कार्यकर्ताको अभाव पूरा गर्न ०१३ भदाै ५ गते सिंहदरबारमा कृषि स्कुलको स्थापना भएको थियो। 

यसैको जगमा ०२९ भदाै ५ गते पुल्चोकको जगदम्बा भवनमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि र पशुविज्ञान अध्ययन संस्थानको रूपमा स्थापना भएको थियो। 

तत्कालीन पञ्चायत प्रशिक्षण केन्द्रमा ०३० मा कृषि र पशु विज्ञान अध्ययन संस्थान रामपुरमा स्थानान्तरण भयो। त्यो समयमा डिनको कार्यालयबाट सोझै सञ्चालित हुने यो क्याम्पसको नाम हालसम्म त्रिविको अभिलेखमा केन्द्रीय क्याम्पस नै छ। 

यो क्याम्पस ०४९ देखि छुट्टै क्याम्पस प्रमुखको कार्यालयबाट सञ्चालन गर्न थालिएको हो। 
 

ad
ad