१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस एजेन्सी
२०७९ असोज ४ मंगलबार १४:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिहारमा चट्याङ लागेर २१ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, एजेन्सी
२०७९ असोज ४ मंगलबार १४:१८:००

भारतको पूर्वी राज्य बिहारमा बितेका २४ घन्टामा वर्षासँगै चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको छ।

राज्यको विपत् व्यवस्थापन प्राधिकरणले चट्याङ लागेर बितेका २४ घन्टामा २१ जनाकाे मृत्यु भएकाे पुष्टि गरेकाे छ। उनीहरूको कृषिकर्ममा व्यस्त भएका वेला ज्यान गएको हो। 

बिहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको बताउँदै उनले पूर्णिया र अररियामा चार–चारजना, सुपौलमा तीन, बांका, जमुई र नवादामा दुई–दुई तथा बेगुसराय, शेखपुरा, शारण र सहरसामा एक–एकजनाले ज्यान गुमाएका जानकारी दिएका छन्।

यसैबीच, बिहारका मुख्यमन्त्री नीतीशकुमारले चट्याङ लागेर ज्यान गुमाएका प्रत्येकका परिवारका सदस्यलाई भारु चार लाख क्षतिपूर्ति प्रदान गर्ने घोषणा गरेका छन्।

साथै उनले राज्यवासी सबैलाई सचेत रहन, प्रतिकूल मौसममा घरबाहिर ननिस्कन तथा  विपत् व्यवस्थापन प्राधिकरणले जारी गरेका चेतावनीको पालना गर्न आग्रह गरे।