१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख ३१ सोमबार १६:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रहरीले ४० लाख मूल्यको अवैध कपडासहित चालकलाई राजस्वमा बुझायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:o२:oo

भारतबाट तस्करी गरी नेपाल ल्याउँदै गरेको ४० लाख मूल्यबराबरको लत्ताकपडा प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धानलाई बुझाएको छ। 

भारतबाट नेपालतर्फ भारतीय नम्बरको ट्रयाक्टरमा तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा उक्त कपडा आइतबार साँझ मोरङ प्रहरीले विराटनगर महानगरपालिका– १२ रोडशेषचोकबाट नियन्त्रणमा लिएको थियो। उक्त कपडासहित पक्राउ परेका मोरङ जहदा गाउँपालिका– १ का  ट्रयाक्टरचालक १९ वर्षीय रमेश यादवलाई पनि थप अनुसन्धानका लागि राजस्व कार्यालय इटहरीमा जिम्मा लगाइएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

यता, आइतबार राति नै जंगलबाट अवैध रूपमा ल्याउँदै गरेको तीन लाख मूल्यबराबरको सखुवाको काठ पनि प्रहरीले जिल्लाको मिक्लाजुङबाट पक्राउ गरेर चालक र ट्रयाक्टरसहित वन कार्यालयको जिम्मा लगाएको छ।

ad
ad