१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
रासस तेहरान
२o८१ बैशाख ३० आइतबार १३:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अमेरिकासँग बन्दी आदानप्रदान गर्न इरान तयार

Read Time : < 1 मिनेट
रासस, तेहरान
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १३:१४:oo

अमेरिकासँग आफ्ना बन्दीहरू आदानप्रदान गरी रिहा गर्न इरान तयार रहेको इरानको विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन्। इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले आफूहरू अमेरिकासँग बन्दी आदानप्रदान गर्न तयार रहेको बताएका हुन्।

इरानी समाचार समिति इस्नासँग उनले भनेका छन्, ‘हामी अमेरिकासँग बन्दीहरू आदानप्रदान गर्न पहिले पनि तयार थियौँ र अहिले पनि तयार नै छौँ।’ उनले यसका लागि अमेरिकासँग विभिन्न समय र विभिन्न तरिकाबाट कुराकानी भएको जानकारी गराए।

यस विषयमा केही समयअघि भियनामा भएको आणविक वार्ताका क्रममा अमेरिकासँग आवश्यक मात्रामा छलफल भएको पनि उनले जानकारी दिएका छन्।

ad
ad