१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २ आइतबार
  • Sunday, 11 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २ आइतबार १३:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचनमा कांग्रेसले नै म्यान्डेट पाउँछ, सिट बाँडफाँड छिट्टै टुंगिन्छ : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २ आइतबार १३:४६:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै म्यान्डेट पाउने दाबी गरेका छन्। लौहपुरुष गणेशमान सिंहको २५औँ स्मृति दिवसको अवसरमा आइतबार शोभा भगवतीमा आयोजित कार्यक्रममा उनले जनताले संसद् विघटन गर्नेलाई नभई कांग्रेसलाई म्यान्डेट दिने बताएका हुन्। 

संविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको सिंहको भनाइ थियो। स्थानीय तहलाई बलियो बनाएर शिक्षा, स्वास्थ्य, रोजगारीको विषयमा जनतालाई अनुभूत हुने गरी काम गर्नुपर्नेमा उनकाे जोड छ।

सत्तागठबन्धनमा अहिले सिट बाँडफाँडबारे छलफल भइरहेकाले छिट्टै निकास निस्कने उल्लेख गर्दै उनले भने, ‘गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँड हुन्छ। सबैलाई चित्त बुझाएर अघि बढ्ने हो।’