१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o८:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

निक्षेप बढ्दै गर्दा बैंकहरूले बढाए ब्याजदर, रेमिट्यान्स निक्षेपमा प्रतिस्पर्धा  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:o८:oo

बाह्य क्षेत्रको दबाबका कारण वित्तीय स्रोतको अभाव भोगिरहेका बैंकहरूमा पछिल्लो समय निक्षेप संकलनमा वृद्धि भइरहेको छ । रेमिट्यान्स आप्रवाहमा आइरहेको सुधार र आयात नियन्त्रणको प्रयासस्वरूपमा विदेशी मुद्राको सञ्चिति पनि सुधारोन्मुख बाटोमा छ । नजिकिएको चाडबाड र संसदीय निर्वाचनले मुद्रा आपूर्ति बढ्ने विगतको अनुभवले देखाउने अर्थशास्त्रीहरू बताउँछन् ।

तर, बैंकमा मुद्रा आपूर्तिका सम्भावनाबीच पनि वाणिज्य बैंकहरूले निक्षेप आकर्षण गर्न ब्याजदरमा प्रतिस्पर्धा गर्न थालेका छन् । १ असोजबाट बैंकहरूले १ प्रतिशत बिन्दुका दरले सबै किसिमका निक्षेपमा ब्याजदर बढाएका छन् । निक्षेपको ब्याजदर बढाएर बैंकहरूलाई तुलनात्मक लाभ नहुने स्वयं बैंकरहरूसमेत स्विकार्छन् ।

नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले ब्याजदर बढ्दा बैंकको लागत बढ्ने र खराब कर्जाको जोखिम पनि बढ्ने डर रहेको बताए । उनले भने, ‘निक्षेपको ब्याज बढेपछि बैंकको लागत बढिहाल्छ । यसले आधार दर बढाउँछ, जसले कर्जा महँगो बनाउन मद्दत पुग्छ । विगतको अनुभव हेर्ने हो भने खराब कर्जा (लोन डिफल्ट)को जोखिम पनि यसले निम्त्याउन सक्छ ।’

तर, राष्ट्र बैंकको उद्देश्यअनुरूप कर्जा नियन्त्रण गर्न भने ब्याजदर वृद्धिले सघाउ पुर्‍याउने उनको बुझाइ छ । अहिले बचतको ब्याजदरसमेत बढाउनुपरेको अवस्थामा बैंकहरूको लागत महँगिने निश्चित भएको बैंकर ज्ञवालीको भनाइ छ । यद्यपि, अहिले बढ्दो उपभोगका कारण आयाततर्फ जाने कर्जामा भने यसले नियन्त्रण गर्ने भएकाले अर्थतन्त्रलाई लयमा राख्न सकारात्मक पहल गर्ने उनले बताए । वाणिज्य बैंकहरूमा रहेको कुल निक्षेपमा मुद्दती खाताको हिस्सा ५६.६५ प्रतिशत रहेको राष्ट्र बैंकको साउनको तथ्यांकले देखाउँछ ।बचत खाताको अंश भने २७.१८ प्रतिशत छ । 

वित्तीय प्रणालीमा पैसा आकर्षित गर्न ब्याजदर वृद्धि : अनिलकुमार उपाध्याय अध्यक्ष नेपाल बैंकर्स एसोसिएसन 

अहिले मूल्यवृद्धि उच्च छ । यस्तो वेला बचत आकर्षित गर्न सकेनौँ भने पैसा वित्तीय प्रणालीबाट बाहिर जान सक्छ । त्यसैले हामीले वित्तीय प्रणालीको पैसा बाहिर नजाओस् र बाहिर रहेको पैसा प्रणालीमा आकर्षित होस् भनेर ब्याजदर बढाएका हौँ ।

अहिले निक्षेप बढ्न थालेको छ । रेमिट्यान्स पनि बढ्न थालेको छ । सरकारले पनि खर्च बढाउन थालेको छ । यो पैसा आउने सिजन पनि हो । त्यसैले बैंकमा बचत आकर्षित गर्न ब्याज बढाइएको हो । 

खुला बजारमा माग र आपूर्तिले पनि मूल्य निर्धारण गर्छ । हामीले तरलता बढी हुँदा आधारदरभन्दा तल गएर पनि ब्याजदर निर्धारण गरेका थियौँ । अहिले तरलतामा चाप छ, त्यसैले ब्याज बढायौँ । कर्जाको ब्याज बढी हुन्छ भनेर मात्रै हेर्ने गरिन्छ, हामीले बचतकर्तालाई पनि ध्यान दिनुपर्छ । निक्षेपमा ब्याज बढेलगत्तै कर्जाको बढिहाल्ने पनि होइन ।


 

ad
ad