मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चोलेन्द्रको हस्ताक्षर र प्रतिप्रश्न सकियो, समितिले आजै प्रतिवेदन बुझाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o२:oo

महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्रतिप्रश्न र बयानमा हस्ताक्षर कार्य सकिएको छ। जबराको बयानका आधारमा समितिले तयार गरेको लिखतको सबै १७४ पृष्ठमा हस्ताक्षर सकिएको कांग्रेस सांसद मीन विश्वकर्माले जानकारी दिए।

समितिले आजै प्रतिवेदन बुझाउने तयारी गरेको छ। समिति सभापति रामबहादुर विष्टका अनुसार समिति सदस्यहरूलाई प्रतिवेदनको मस्यौदा वितरण गरेको छ। आज दिउँसो ३ बजे पुनः बैठक बसेर प्रतिवेदनको मस्यौदामा छलफल गरी सभामुखमार्फत् संसद् सचिवालयमा बुझाइने विष्टले जानकारी दिए।

आज प्रतिनिधिसभको अन्तिम बैठक बस्दै छ। अन्तिम बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेकाले समितिको प्रतिवेदन संसदमा पेस हुने सम्भावना नरहेकाे कांग्रेस सांसद विश्वकर्माको भनाइछ।