Skip This
मोरङका ६७ भूमिहीन सुकुमबासीले पाए जग्गाधनी पुर्जा 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ ३० बिहीबार
  • Monday, 10 August, 2026
गणेश लम्साल विराटनगर
२o७९ भदौ ३० बिहीबार ११:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङका ६७ भूमिहीन सुकुमबासीले पाए जग्गाधनी पुर्जा 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ भदौ ३० बिहीबार ११:४२:oo

मोरङमा ६७ भूमिहीन सुकुमबासीले जग्गाधनीको लालपुर्जा प्राप्त गरेका छन्। कानेपोखरी गाउँपालिका– ६ का ६७ भूमिहीन सुकुमबासी परिवारले    जग्गाधनीको लालपुर्जा प्राप्त गरेका हुन्।

बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठबाट  स्थानीय ६७ भूमिहीन सुकुमबासी तथा दलित परिवारले जग्गाधनीको लालपुर्जा प्राप्त गरेका हुन्। पछिल्लोपटक गठबन्धन सरकारले गठन गरेको सुकुमबासी समस्या समाधान आयोग मोरङले पहिलोपटक कानेपोखरीका ६७ परिवारलाई लालपुर्जा वितरण गरेको हो।

सुकुमबासी समस्या समाधान आयोगकी मोरङ अध्यक्ष सुशीला घिमिरेका अनुसार मोरङमा विभिन्न वर्गीकरणमा परेका ६५ हजार घरपरिवार भूमिको अधिकारबाट बन्चित छन्।
 
४९ हजार परिवारले पाए धनीपुर्जा
लालपुर्जा वितरण गर्दै भूमि व्यवस्थामन्त्री श्रेष्ठले सरकारले ०७९  कात्तिकदेखि हालसम्म ४९ हजार भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको जानकारी दिइन्।

लालपुर्जा वितरणको काम कुनै पनि बाहनाले नरोकिने बताउँदै उनले भनिन्, ‘सरकारले यही वर्षभित्रमा देशभरका सम्पूर्ण सुकुमबासीलाई पुर्जा वितरण गरिसक्ने लक्ष्य लिएको छ। यसैले कुनै पनि बहानामा वितरण कार्य रोकिनेछैन।’