Skip This
मध्यबिन्दु नगरपालिकालाई खादामुक्त गर्ने तयारी
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ २८ मंगलबार
  • Wednesday, 12 August, 2026
रासस नवलपुर
२o७९ भदौ २८ मंगलबार १३:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मध्यबिन्दु नगरपालिकालाई खादामुक्त गर्ने तयारी

Read Time : < 1 मिनेट
रासस, नवलपुर
नयाँ पत्रिका
२o७९ भदौ २८ मंगलबार १३:३६:oo

नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिकाले नगरलाई खादामुक्त घोषणा गर्ने तयारी गरेको छ। मध्यबिन्दु नगरपालिकाको नगर कार्यपालिका बैठकबाट नगरक्षेत्रमा प्रयोग हुने कुनै पनि कार्यक्रमलाई अतिथि सम्मानमा खादाको प्रयोगलाई निरुत्साहित गर्दै खादामुक्त नगर घोषणा गर्ने तयारी गरिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए।

नगरसभाबाट भएको निर्णयलाई कार्यान्वयन गराउन नगरपालिकाले नगरभित्रका सबै संघसंस्था, वडा कार्यालय, शैक्षिक संस्था तथा अन्य कार्यालयलाई खादा प्रयोग नगर्न पत्राचार गरेको नगरप्रमुख अधिकारीले बताए। विभिन्न पर्व, दिवस तथा कार्यक्रममा अतिथि सत्कारका लागि प्रयोग हुँदै आएको खादा प्रयोग नगर्न तथा नगराउन नगरप्रमुख अधिकारीले सबैलाई आग्रह गरेका छन् 

अतिथि सत्कारमा प्रयोग गरिने खादा अन्य कुनै पनि प्रयोजनमा काम नलाग्ने र त्यसको व्यवस्थापन गर्न पनि कठिन हुने भएकाले खादामुक्त नगर निर्माण गर्न लागिएको अधिकारीले बताए। विभिन्न पर्व, दिवस तथा कार्यक्रममा अतिथि सत्कारका लागि खादाको विकल्पमा फूल, माला तथा अन्य उपयोगी सामग्री प्रयोग गर्न सकिने पनि अधिकारीको भनाइ छ।