मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आर्थिक सूचकहरू चिन्ताजनक अवस्थामा : शेखर गोल्छा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४३:oo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरू चिन्ताजनक अवस्थामा रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघसँगको विज्ञापन आचारसंहितासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्।

लामो समयदेखि अर्थतन्त्रमा समस्याहरू आइरहेको उल्लेख गर्दै उनले अर्थतन्त्रको अहिलेको अवस्थालाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने आवश्यकता औँल्याए। ‘नेपालको अहिलेका आर्थिक स्थिति वा सूचकहरू रहेका छन् । त्यो चिन्तालाग्दो अवस्थामा रहेको छ । विगतमा पनि अर्थतन्त्रको चुनौतीपूर्ण अवस्थाबाट गुज्रिएका थियौँ । पछिल्लो अवस्था रहेको छ त्यो चिन्ता लाग्दो अवस्था नै छ । अहिलेको अर्थतन्त्रमा देखिको समस्याको समाधान दीर्घकालीन मात्रै हुन सक्छ । हामी फन्डामेन्टल समस्यामा आएका छौँ । अर्थतन्त्रमा देखिएको समस्याबाट बाहिर आउन केही महिना लाग्छ,’ उनले भने।

अध्यक्ष गोल्छाले अर्थतन्त्र संकुचन हुने अवस्था रहेकाले उद्योग र विज्ञापन व्यवसायसमेत संकुचनमा परेको बताए। नेपालको विज्ञापन बजारमा कोभिडको प्रभाव नपरेको भए २० अर्ब पुग्ने अवस्थामा रहेको उनको भनाइ छ। उनले नेपालमा स्वदेशी विज्ञापन ६० प्रतिशत र विदेशी विज्ञापनको ४० प्रतिशत हिस्सा रहेको उल्लेख गरे।