१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख ३० आइतबार २o:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

म्यादी प्रहरीमा भर्ना खुल्यो, भदौ ३० देखि दरखास्त दिन सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार २o:१८:oo

नेपाल प्रहरीले आगामी मंसिरमा हुने संघ र प्रदेश निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। नेपाल प्रहरीले आज एक सूचना जारी गरी आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि स्वीकृत म्यादी प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड, २०७९ अनुसार भर्ना खुलाएको हो।

प्रहरीले योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त दिन आह्वान गर्न भनेको छ। सरकारले यसपटकको निर्वाचनमा एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न प्रहरीलाई स्वीकृति प्रदान गरिसकेको छ। नेपाली नागरिकले म्यादी प्रहरीका लागि मंसिर ३० गतेदेखि असोज ६ गतेसम्म जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त दिन सक्नेछन्। दरखास्त दिनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाे हुनुपर्नेछ।

भर्नाका लागि नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएकाे, राजनीतिक दलको सदस्य नभएकाे, शारीरिक र मानसिक रूपले स्वस्थ, आतंककारी संगठनका सदस्य नरहेकाे, आँखा माइनस २ र प्लस २ भन्दा बढी कमजोर नभएकाे, गर्भवती नभएकाे तथा पुरुषको हकमा उचाइ घटीमा ५ फिट २ इन्च र छाती ३१–३३ इन्च, तौल ५० केजी र महिलाको हकमा उचाइ कम्तीमा ५ फिट र तौल ४२ केजी भएको हुनुपर्ने सूचनामा जनाइएको छ। 

ad
ad