१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

समितिमा जबराको बयान– सर्वोच्चको भवन ठेक्कामा ओली र पौडेलकाे सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:o१:oo

निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराले सर्वोच्च अदालतको भवन ठेक्का प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु पौडेलको नाम जोडेका छन्। महाभियोग सिफारिस समितिमा बयानका क्रममा जबराले ओली र पौडेलको सहयोगका कारण आफूले ठेक्का सदर गरेकाे जिकिर गरेका हुन्।

सर्वोच्च अदालतको भवन निर्माणका क्रममा जबराले अधिकारबाहिर गएर भवन निर्माणसम्बन्धी ठेक्का सदर गरेका थिए। तत्कालीन प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलको सहयोगले नै ठेक्का सदर गरेको जबराले बयानमा बताएका समितिको बयानपछि समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए।

‘उहाँले आफूले त्यो ठेक्काको फाइल तानेर आफैँले सदर लेख्नुभएको छ। सदर गरेको प्रमाण आज उहाँ आफैँले पनि देखाउनुभयो,’ विश्वकर्माले भने, ‘त्यहाँ उहाँले के  भन्नुभयो भने मलाई तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीले सहयोग पनि गर्नुभएको छ। तत्कालीन अर्थमन्त्री यहीँ हुनुहुन्छ, उहाँले सहयोग गरेका कारण सफल भएको हुँ।’

ad
ad