१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १३:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङ अस्पतालमा ज्येष्ठ नागरिक र अपांगता भएकालाई निःशुल्क उपचार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o४:oo

जिल्ला अस्पताल लमजुङको नवनियुक्त व्यवस्थापन समितिको पहिलो बैठकले ज्येष्ठ नागरिक र अपांगता भएकालाई निःशुल्क उपचार प्रदान गर्ने निर्णय गरेको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजंग तामाङले अप्रेसन थिएटर सेवा सम्बन्धमा माइनर ड्रेसिङ सेवा तथा ज्येष्ठ नागरिक, अपांगता भएकालाई निःशुल्क उपचार गर्ने निर्णय गरेको बताए।

बैठकले ज्येष्ठ नागरिक र अपांगता भएकाहरूका लागि छुट्टै टिकट कक्ष स्थापना गर्ने निर्णयसमेत गरेका छ। साथै आमसेवाग्राहीले हालसम्म टिकटमा तिर्दै आएको २५ रुपैयाँलाई घटाएर २० रुपैयाँ कायम गरेको तामाङले जानकारी दिए। इमर्जेन्सी टिकट शुल्क सय रुपैयाँ लिँदै आएकोमा त्यसलाई घटाएर ५० रुपैयाँ कायम गरिएको छ।

माइनर ड्रेसिङमा एक सय रुपैयाँ लिइएकोमा त्यसलाई पूर्ण निःशुल्क गरिएको छ। मध्यम खालको ड्रेसिङ गर्दा एक सय ५० रुपैयाँबाट घटाएर सय रुपैयाँ कायम गरिएको छ। साथै जटिल (मेजर) ड्रेसिङ गर्दा लाग्ने दुई सय रुपैयाँ शुल्क घटाएर एक सय ५० रुपैयाँ कायम गरिएको छ।

यसअघि मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)ले विगत २१ वर्षदेखि सेवा प्रदान गर्दै आएको जिल्ला अस्पताल लमजुङ अब गण्डकी प्रदेश सरकारले सञ्चालन गर्ने भएको छ। प्रदेश सरकारको तत्कालीन सामाजिक विकास मन्त्रालय र एचडिसिएसबीच अस्पताल व्यवस्थापन र सञ्चालनको सम्बन्धमा ०७७ कात्तिक २७ गते ५ वर्षका लागि सम्झौता भएको थियो। तर, सञ्चालन अवधि पूरा नहुँदै गण्डकी प्रदेश मन्त्रिपरिषद्ले सम्झौता खारेज गर्ने निर्णय गरेको हो।