१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १८:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जुम्ला : प्रतिनिधिसभामा रतननाथ, नरेश र ज्ञानेन्द्र भिड्ने सम्भावना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:३९:oo

आगामी मंसिर ४ गने सम्पन्न हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा जुम्लाबाट नेकपा एमालेका रतननाथ योगी, माओवादी केन्द्रका नरेश भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही भिड्ने सम्भावना देखिएको छ। नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य रतननाथ योगी प्रतिनिधिसभाको निर्वाचनका लागि एकल उम्मेदवार हुन्। 

एमाले पार्टी जिल्ला कमिटी जुम्लाले पनि उनको नाम मात्रै सिफारिस गरी प्रदेश कमिटीमा पठाएको छ। प्रतिनिधिसभाका लागि जुम्लाबाट तिला गाउँपालिका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य योगीले स्वतः टिकट पाउने देखिन्छ। स्थानीय तहको पहिलो निर्वाचनमा तिला गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका नेता योगीले स्थानीयस्तरका जनतामा राम्रो काम गर्ने नेताको रूपमा परिचित छन्।  

राप्रपा प्रवक्तासमेत रहेका नेता ज्ञानेन्द्र शाहीले जुम्लाबाट प्रतिनिधिसभाको निर्वाचनमा एकल उम्मेदवार हुन्। उनलाई पनि पार्टीले स्वतः टिकट दिने अवस्था छ। निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको निर्वाचन घोषणा गरेदेखि उनले आफ्नो चुनावी गतिविधि अगाडी बढाइसकेका छन्। जुम्लाका ८ वटै स्थानीय तहका विभिन्न गाउँमा चुनावी कार्यक्रम सञ्चालन गर्दै आएका नेता शाहीले ३१ हजार बढी मत ल्याएर निर्वाचन जित्ने दाबी गरेका छन्। 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी प्रभावशाली नेता मानिन्छन्। कांग्रेस, माओवादी, समाजवादी र जसपाको गठबन्धनबाट संघको निर्वाचनमा नेता भण्डारीले नै टिकट पाउने सम्भावना देखिन्छ। नेकपा माओवादी केन्द्र जुम्लाले प्रतिनिधिसभा निर्वाचनका लागि नेता भण्डारी, डाक्टर कलबहादुर रोकाया, गोमा कुँवर र मनऋषि धितालको नाम सिफारिस गरेको छ।

गठबन्धनको केन्द्रीय निर्णय आउन बाँकी नै छ। तर, पनि कांग्रेस र समाजवादी प्रदेशतिर जाने देखिन्छ। नेपाली कांग्रेस जुम्लाका प्रभावशाली नेता तथा कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले प्रदेशमै चुनाव लड्न खोजेका छन्। नेपाली कांग्रेस पार्टी जिल्ला कमिटीले पनि सभापति शाहीलाई प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्षतर्फ सिफारिस गरेको छ। 

०७० सालको संविधानसभाको निर्वाचन जितेर सांसद भइसकेका सभापति शाहीले ०७९ सालको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा प्रदेशतिर झरेका छन्। गठबन्धनबाट चुनाव जितेर कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री हुने सम्भावना देखिपछि सभापति शाही प्रदेशतिर झर्नुको बुझाइ छ। 

ad
ad