मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ २४ शुक्रबार
  • Saturday, 12 July, 2025
२o७९ भदौ २४ शुक्रबार १६:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनता सहभागी नभएको विकास सफल हुँदैन : मन्त्री भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २४ शुक्रबार १६:o९:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको सहभागिता नरहेको विकास सफल नहुने बताएकी छिन्। जनताको आकांक्षाअनुसारको विकासले नै दिगोपन प्रदान गर्ने भएकाले त्यसमा आफू प्रतिबद्ध रहेको उनले बताइन्।

शुक्रबार ललितपुरमा महर्जन समाजको २५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले भनिन्, ‘जनता सहभागी नभएको विकास सफल हुन्न। त्यसैले जनतासँग सहमति लिएर मात्र विकासका आयोजना बनाउनुपर्छ।’

आफूले बुङमतिका जनताको खेत सिँचाइका लागि महत्वपूर्ण पहल लिएको उल्लेख गर्दै मन्त्री भुसालले भोर्ले कुलोसहित ललितपुरका राजकुलोलाई संरक्षण गरेर निरन्तर पानी आउने अवस्था सिर्जना गरेको बताइन्। नख्खु करिडोरलाई विकास गर्ने योजनालाई तीव्रताका साथ अगाडि बढाएको उल्लेख गर्दै उनले आगामी दिनमा यहाँका जनताले गुणस्तरीय जीवन बिताउने अवस्था सिर्जना गर्न पहल गर्ने प्रतिबद्धता जनाइन्।

बुङमतिका कलासंस्कृतिलाई पुस्तान्तरण गरेर निरन्तरता दिनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले नयाँ पुस्तालाई एकताबद्ध गरेर महर्जन समाजले आफ्नो संस्कृति संरक्षण गर्नुपर्नेमा जोड दिइन्। ‘बुङमतिका हरेक घरमा एक कोठा घरबास (होम स्टे)का लागि छुट्याउनुपर्छ। यहाँ उत्पादन हुने मौलिक कलाका सामग्री बेचेर अर्थोपार्जन गर्नुपर्छ,’ उनले भनिन्।