मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
रासस भरतपुर
Invalid date format १६:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जिल्लाले आवश्यक ठाने तालमेल हुन्छ : महासचिव पोखरेल

Read Time : < 1 मिनेट
रासस, भरतपुर
नयाँ पत्रिका
Invalid date format १६:oo:oo

एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यक ठाने औचित्यका आधारमा तालमेल हुने बताएका छन्।

भरतपुर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक रूपमा कुनै दलविशेषसँग तालमेल नगर्ने, तर स्थानीय आवश्यकताका आधारमा केही ठाउँमा मात्र तालमेल हुने बताए।

उनले भने, ‘स्थानीयस्तरमा पार्टी कमिटीले नचाहेमा तालमेल हुँदैन, त्यसमा केन्द्रको दबाब रहँदैन।’ उनले एमाले नीतिका आधारमा जनतामाझ जाने बताउँदै एमाले आफ्नो मान्यतामा दृढ रहेको स्पष्ट पारे। निर्वाचनको समयमा जनताका मुद्दामा बहस केन्द्रित हुनुपर्ने भन्दै उनले मुलुकलाई सही दिशामा लैजानका लागि एमालेको नेतृत्व स्थापित हुनुपर्नेमा जोड दिए।