१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
रासस काठमाडौं
२o८१ जेठ १ मंगलबार १३:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सभामुख सापकोटासँग फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलको  भेट

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १३:४२:oo

नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ। फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष ड्यानियल साल्मोनकाे  नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले बिहीबार बिहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेटवार्ता गरेको हो।

सो भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रीपूर्ण, समानता र आपसी समझदारीमा आधारित रहेको जनाउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गरे।

सभामुख सापकोटाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गरे। उनले जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्ष रूपमा परिरहेको चर्चा गर्दै यसको मिलेर सामना गर्नुपर्नेमा जोड दिए।

भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष ड्यानियलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले शक्ति लगाउनुपर्नेमा जोड दिँदैे  नेपालले वातावरणका क्षेत्रमा गरेको काम सराहनीय रहेको बताएकाे सभामुख सापकोटाको सचिवालयले जनाएको छ।

ad
ad