मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:१o:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

३७ विद्यार्थी ट्राफिक प्रहरीको कारबाहीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:१o:oo

स्कुल–कलेजका विद्यार्थी सुरक्षालक्षित चेकिङअन्तर्गत बुधबार ३७ जना विद्यार्थीचालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बुधबार बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १६ जना, सवारीचालक अनुमतिपत्र प्राप्त नगरेका १४ जना, नम्बर प्लेट दुरुस्त नभएका सातजना गरी ३७ जना विद्यार्थी चालकलाई कारबाही गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीका अनुसार ३० साउनबाट सुरु भएको स्कुल–कलेजका विद्यार्थी सुरक्षालक्षित चेकिङ अभियानमा हालसम्म १२ सय दुईजना विद्यार्थीचालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारबाही गरिसकेको छ ।