१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o८:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

असोजदेखि हप्ताको पाँच दिन मात्रै सेयर कारोबार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:५७:oo

शुक्रबार हुँदै आएको कारोबारलाई हटाएर असोजदेखि हप्ताको पाँच दिन मात्रै सेयर कारोबार गरिने भएको हो 

असोजदेखि पाँच दिन मात्र सेयर कारोबार खुल्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार हुँदै आएको कारोबारलाई हटाएर हप्ताको पाँच दिन मात्र कारोबार खुला गर्ने भएको हो । 

नेप्सेले मंगलबार सूचना प्रकाशन गर्दै असोजदेखि शुक्रबारको कारोबार बन्द गराउने जानकारी गराएको हो । ‘भदौ १९ मा बसेको नेप्से सञ्चालक समितिको बैठकबाट असोजदेखि लागू हुने गरी आइतबारदेखि बिहीबारसम्म धितोपत्र कारोबार गर्ने–गराउने निर्णय भएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ नेप्सेको सूचनामा उल्लेख छ ।

नेप्सेका अनुसार आगामी असोजको पहिलो साताबाट आइतबारदेखि बिहीबारसम्म पाँच दिन मात्र कारोबार खुला रहनेछ । हप्ताको ६ दिन कारोबार १ असारदेखि लागू भएको थियो । जसअनुसार हाल शुक्रबार पनि दुई घन्टा सेयर कारोबार हुँदै आएको छ । अहिलेको व्यवस्थाअनुसार आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बजार खुला हुँदै आएको छ । असोजबाट भने ११ बजेदेखि दिउँसो ३ बजेसम्म पाँच दिन कारोबार हुनेछ ।

सेयर खरिद–बिक्री केन्द्रबाट ०५० मा नेपाल स्टक एक्सचेन्जका रूपमा रूपान्तरण भएसँगै सेयर बजार पाँच दिन खुला रहने गरेको थियो । तर, गत जेठमा सरकारले पेट्रोलियम पदार्थको बचत गर्न परीक्षणका लागि भन्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिएको थियो । नेप्सेले पनि सरकारको निर्णयसँगै आइतबार बिदा दिएर शुक्रबार नियमित कारोबार गरिरहेको थियो । सरकारले आइतबार दिएको बिदा खारेजको घोषणा गरेसँगै नेप्सेले आइतबारसमेत गरी साताको ६ दिन नै नियमित सेयर कारोबार सञ्चालन गर्दै आएको छ । 

यसअघि धिपोपत्र बोर्डले पनि शुक्रबारको कारोबार बन्द गर्न निर्देशन दिइसकेको छ । बोर्डको निर्देशन, साप्ताहिक राफसाफ गर्न भएको ढिलाइ, लगानीकर्ताका सुझावलगायतलाई ध्यानमा दिएर शुक्रबारको कारोबार बन्द गराउने तथा पाँच दिन मात्रै कारोबार गराउने भएको नेप्सेका अधिकारीहरूले बताएका छन् । 

ad
ad