१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुरक्षा गार्डमाथि अमानवीय व्यवहार गर्ने मन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्छ : सांसद राई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३९:oo

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएकी छिन्। मंगलबार राष्ट्रिय सभाको बैठकको शून्य समयमा बोल्दै उनले सुरक्षा गार्डप्रति अमानवीय व्यवहार गर्ने मन्त्री श्रेष्ठले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेकी हुन्।

जनताले तिरेको करबाट सेवा सुविधा लिनेहरू जनताको शासक नभई सेवक भएको बताउँदै उनले मन्त्रीको यस्ता व्यवहार स्वीकार्य नहुने प्रस्ट पारिन्। विधि बनाउने सांसदहरूबाटै उल्लंघन हुने गरेको भन्दै उनले यस्ता घटना पुनः नदोहोरियोस् भन्नका लागि उनले सरकारको ध्यानाकर्षण गराइन्।

‘जनताले तिरेको करबाट सेवा, सुविधा लिने हामी जनप्रतिनिधि र मन्त्री, प्रधानमन्त्री, सरकारका सबै अंगहरू जनताका सेवक हुन्, शासक होइनन्। दुई दिन अगाडि मात्रै हो, एकजना मन्त्रीले एउटा कार्यालयमा भिसा लिन जाँदाखेरि एउटा गार्डप्रति गरेको अमानवीय व्यवहार एकदमै धेरै अस्वीकार्य छ। उहाँले यसमा सार्वजनिक रूपमा माफी माग्नुपर्छ। राजीनामा त उहाँले दिनुहुन्न, मलाई थाहा छ। तर, सार्वजनिक रूपमा माफी माग्नुपर्छ,’ उनले भनिन्।