१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
लि युयान
२o८१ बैशाख ३१ सोमबार o८:४३:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

तनावबीच चिप विकासमा चीनको संघर्ष

Read Time : > 4 मिनेट
लि युयान
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:४३:oo

सन् २०१८ को अप्रिलमा अमेरिकी सरकारले चिनियाँ दूरसञ्चार कम्पनी जेडटिईलाई अमेरिकी आपूर्तिकर्ताहरूसँग व्यापार गर्न प्रतिबन्ध लगायो । लगत्तै चीनका राष्ट्रपति सी जिनपिङ वुहानस्थित सेमिकन्डक्टर निर्माता ‘याङ्त्जे मेमोरी टेक्नोलोजिज कम्पनी (वाइएमटिसी)को सहायक कम्पनीको निरीक्षणमा निस्किए । अमेरिकी प्रतिबन्धले चिनियाँ नेताहरूलाई चिप विकासमा ठूलो कदम चाल्नुपर्ने आवश्यकता बोध गराएको थियो । 

स्मार्टफोन, ई–कमर्स प्लाटफर्म र तीव्र गतिको रेल सेवा निर्माणमा अभूतपूर्व सफलता हासिल गरे पनि तिनको मुख्य सञ्चालक संयन्त्र चिपमा भने आफू पश्चिममा निर्भर भएको चीनले महसुस गर्‍यो । पछिल्लो समय, मोबाइल, कम्प्युटरदेखि अधिकांश प्रविधि चिपबाट चल्छन् । तसर्थ, चीनले आफ्नो परनिर्भरतालाई बदल्नुपर्ने ठान्यो, त्यो पनि छिट्टै । सीले सन् २०१८ को भ्रमणमा वाइएमटिसीका पदाधिकारीहरूलाई उत्पादन क्षेत्रमा सेमिकन्डक्टरको महत्व मानवका लागि मुटुजत्तिकै रहेको बताउँदै भनेका थिए– ‘तपार्इंको मुटु नै बलियो भएन भने तपाईं जतिसुकै ठूलो ज्यानको भए पनि कमजोर नै ठहरिनुहुन्छ ।’ उनले चिनियाँ राष्ट्रको पुनरोदयमा योगदान पुर्‍याउन तीव्र रफ्तारमा प्राविधिक उपलब्धि हासिल गर्न आग्रह गरे । त्यसयता सीले यो सन्देश बारम्बार दोहोर्‍याएका छन् । 

अमेरिकाले सेमिकन्डक्टर प्रविधिमाथि चीनको पहुँचलाई सीमित गर्ने प्रयास बढाउँदै जाँदा चीनलाई चिप्स प्रविधिमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने दबाब छ । तर, गत महिना देशका ठूला सेमिकन्डक्टर उद्योगका पदाधिकारीविरुद्ध भ्रष्टाचारको अनुसन्धान शृंखला चलेसँगै सीको अपेक्षा पूरा हुने देखिँदैन । भ्रष्टाचार मुद्दामा अनुसन्धान चलिरहेका व्यक्तिमा सन् २०१८ मा सीलाई वाइएमटिसी परिसरमा भ्रमण गराउने त्यसका पूर्वअध्यक्ष पनि छन् । त्यसबाहेक अन्तर्राष्ट्रिय जगत्मा ‘बिग फन्ड’ भनेर चिनिने एक विशाल राज्य कोषका प्रमुख पनि छन् । उक्त कोषले चीनका दर्जनौँ ठूला चिप परियोजनामा लगानी छ । उनीहरूको नेतृत्वमा रहेका फर्महरू देशको सेमिकन्डक्टर लक्ष हासिल गर्ने प्रयासको केन्द्रमा छन् । 

पछिल्लो भ्रष्टाचार प्रकरणपछि चीनले परियोजनामा निस्फिक्री नगद फाल्ने शैलीमा पुनर्विचार गर्ने संकेत गरेको छ । जसले प्राविधिक रूपमा आत्मनिर्भर बन्ने चीनको उद्देश्यमा धक्का लगाउन सक्छ । पछिल्लो प्रकरणले सरकारी प्रयासमा प्राविधिक आत्मनिर्भरता हासिल गर्ने सीको दृष्टिकोण र सेमिकन्डक्टरको प्रकृतिबीचको द्वन्द्वलाई पनि प्रकाश पारेको छ । चिप निर्माण अत्यन्त जटिल र अन्तरसम्बन्धित व्यवसाय हो, जुन विश्वव्यापी आपूर्ति शृंखलामा निर्भर हुन्छ । यसमा विभिन्न क्षेत्रका विशिष्ट विशेषज्ञ समायोजित छन् । आज विश्वमा उन्नत चिप बनाउनका लागि पहिले चिपको डिजाइन अमेरिकामा हुन्छ, उक्त डिजाइनअनुसार ताइवान र दक्षिण कोरियामा चिप बन्छन् र तिनको परीक्षण तथा प्याकेजिङ भने चीनमा हुन्छ ।

साथै चिप बनाउने मुख्य मेसिन भने नेदरल्यान्ड्समा बन्छ । प्रत्येक क्षेत्रको तुलनात्मक लाभ दशकौँको पुँजीगत खर्च, अनुसन्धान र विकासको बलमा निर्माण गरिएको हो । ‘सेमिकन्डक्टरमा आत्मनिर्भरताको प्रयासमा रहेका हरेक सरकारले पहिले चिप निर्माणको यो विकेन्द्रित स्थितिलाई तिनको देशमा कसरी नक्कल गर्ने भन्ने चुनौती सामना गर्नुपर्छ । सेमिकन्डक्टर मानव इन्जिनियरिङ उपलब्धिको उच्चतम रूप हो । अर्थात् चिप हामी मानिसले सिर्जना गर्ने सबैभन्दा जटिल उपकरण हुन् । समग्र मानव प्रयासमा निर्माण हुने वस्तु एउटा देशले मात्र बनाउन गाह्रो छ,’ ब्रुकिङ्स इन्स्टिच्युसनका गैरआवासीय सिनियर फेलो तथा चीनमा इन्टेलका पूर्वमहाप्रबन्धक क्रिस्टोफर ए थोमस भन्छन् । 

अमेरिकासँगको व्यापार युद्धमा चीनको सबैभन्दा कमजोर पाटो नै चिप बनेको छ । यसै महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ उद्योगसँग प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न सेमिकन्डक्टर निर्माण, डिजाइन र अनुसन्धानलाई सबल बनाउन एक विधेयकमा हस्ताक्षर गरेका छन् ।

ताइवान र चीन दुवै ठाउँमा काम गरेका ताइवानिज सेमिकन्डक्टरविज्ञ चाल्र्स काउले भर्खरै एक पत्रिकालाई दिएको अन्तर्वार्तामा ‘चीनलाई चिप निर्माणमा अग्रणी मुलुक हुन अझै ३० देखि ५० वर्ष लाग्न सक्ने’ बताए । सी यसलाई स्विकार्न तयार छैनन् । केही समयपछि हुन लागेको चिनियाँ कम्युनिस्ट पार्टीको महत्वपूर्ण महाधिवेशनमा तेस्रो कार्यकाल हासिल गर्ने अपेक्षा गरेका सी प्राविधिक रूपमा मुलुकलाई आत्मनिर्भर बनाउने ध्याउन्नमा छन् । अमेरिकासँगको व्यापार युद्धमा चीनको सबैभन्दा कमजोर पाटो नै यही चिप बनेको छ । यसै महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ उद्योगसँग प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न अमेरिकाको सेमिकन्डक्टर निर्माण, डिजाइन र अनुसन्धानलाई सबल बनाउन २८० अर्बको एक विधेयकमा हस्ताक्षर गरेका छन् । यो राशिले  चीनसँगका चुनौती सामना गर्न सी अहिले माओको नियम अनुशरण गर्न खोज्दै छन् । माओको शासनमा विश्वमा चीनका थोरै मित्र हुँदा चीनले योजनाबद्ध अर्थतन्त्र सञ्चालन गरेर आत्मनिर्भर हुने प्रयास गरेको थियो । उनले ठूला अवरोध पार पाउन माओको समयको जस्तो माथिबाट तल लागू हुने नीतिको प्रशंसा पनि गर्छन् । 

वाइएमटिसीका अध्यक्ष झाओ बेइगुओ चीनको सेमिकन्डक्टर क्षेत्रमा सबैभन्दा परिचित व्यक्ति थिए । उनले सिंगुआ युनिग्रुप नामक कम्पनीमार्फत ठुल्ठूला चिप परियोजनामा विशाल लगानी गरेर ध्यान खिचेका थिए । भ्रष्टाचार मुद्दामा अनुसन्धानमा रहेका अर्का व्यक्ति बिग फन्डका प्रमुख डिङ बेनबु पनि उत्तिकै सम्मानित थिए । उनको नेतृत्वमा रहेको बिग फन्ड चिप निर्मातालाई पुँजी लगानी गर्ने बेइजिङको साधन थियो ।

यी दुई व्यक्तिका अतिरिक्त उनीहरू कार्यरत संस्थाका कम्तीमा पाँच अन्य कार्यकारीमाथि पनि भ्रष्टाचारको आरोप लागेको छ । यस क्षेत्रको निरीक्षण गर्ने उद्योग र सूचना प्रविधिमन्त्री सियाओ याकिङमाथि पनि अनुसन्धान भइरहेको छ । भलै, यी निकायमा चलिरहेको अनुसन्धान सम्बन्धित भए–नभएको खुलाइएको छैन । चिनियाँ सरकारले घरेलु चिप्स उद्योगको विकासका लागि प्रयोग गरेको बिग फन्ड र सिंगुआ युनिग्रुपको नतिजा मिश्रित छ । चीनका चिप निर्माताहरूले पछिल्लो पाँच वर्षमा धेरै प्रगति गरेको यस क्षेत्रमा संलग्न मानिस बताउँछन् । सन् २०२० मा देशको चिप बिक्री ३०.६ प्रतिशतले बढेर ३९.८ अर्ब पुगेको छ । 

चीनका चिप निर्माताहरूले पछिल्लो पाँच वर्षमा धेरै प्रगति गरेको यस क्षेत्रमा संलग्न मानिस बताउँछन् । सन् २०२० मा देशको चिप बिक्री ३०.६ प्रतिशतले बढेर ३९.८ अर्ब पुगेको छ ।

तर, अधिकांश प्रगति सेमिकन्डक्टर निर्माणको लामो शृंखलाको तल्लो निकायमा भएको छ । यसको उन्नत हिस्साको प्रगति न्यून छ र यो खाडल पुर्न चीनलाई अझ दशकौँ लाग्ने विज्ञहरूले बताइरहेका छन् । चीनले आयात गर्ने सामानमा सबैभन्दा ठूलो हिस्सा चिपकै छ । सरकारले ठूलो रकम लगानी र अनुदानमा खर्च गर्दा पनि आशातीत उद्देश्य हासिल नहुनुलाई असफलता मानिँदै छ । चीनको कम्युनिस्ट पार्टीसँग नजिक रहेको पिपुल्स डेलीले प्रकाशित गर्ने चाइना इकोनोमिक विक्लीका अनुसार सन् २०२० मा झन्डै ५८ हजार फर्म चिपसँग सम्बन्धित व्यवसाय भनेर दर्ता भएका थिए । तीमध्ये केही फेसन, घरनिर्माण र अन्य क्षेत्रमा काम गर्ने व्यवसाय थिए । 

झाओको सिंघुआ युनिग्रुपले सरकारी अनुदान लिए पनि २०२० को अन्तिमतिर उच्च ऋणका कारण धराशयी हुँदै गयो । यी अराजकताबीच, बिग फन्ड आर्थिक रूपमा राम्रो प्रदर्शन गरिरहेको थियो । कोषका प्रमुख डिङले सन् २०१७ को अन्तर्वार्तामा उनी नेतृत्वको संस्थाले राष्ट्रको रणनीतिक लक्ष्य पूरा गर्नुका साथै नाफा कमाउन पनि आवश्यक रहेको बताएका थिए । तर, आलोचकहरूले पछि नाफाको धुनमा कोषले जोखिमपूर्ण चिप्स उत्पादन परियोजनाको सट्टा सुरक्षित क्षेत्रमा लगानी गरेको आरोप लगाए । यही बेइमानीविरुद्ध बेइजिङले कडा रूप लिएको बताइन्छ । 

सीले बारम्बार आफूले माओकालीन ‘दुई बम र एक उपग्रह’को स्तरको सफलता हेर्न चाहेको बताएका थिए । चीनले न्युन स्रोत र अन्तर्राष्ट्रिय सहयोगविनै आफ्नै आणविक र हाइड्रोजन बम र पहिलो उपग्रहको (एक उपग्रह) विकास गरिसकेको थियो । अन्तरिक्ष र रक्षा परियोजनामा चीनले हासिल गरेका पछिल्ला सफलतालाई औल्याउँदै सीले ‘दुई बम र एक उपग्रह’को भावनाले पूरा कठिनाई पार हुने बताउने गरेका छन् । २०२१ मा चीनले मंगल ग्रहमा अन्तरिक्षय उपकरण (रोभर) अवतरण गर्न सफल भयो भने चिनियाँ अन्तरिक्षयात्रीलाई उसको आफ्नै नयाँ अन्तरिक्ष स्टेसनमा पठाउन पनि सम्भव भएको छ । केही आलोचकहरूले विश्वव्यापी जटिलताका कारण सेमिकन्डक्टर माथिबाट तल लाद्ने शैली अनुपयुक्त हुने बताएका छन् । तर, सी यसलाई मान्ने पक्षमा छैनन् । 
न्युयोर्क टाइम्स

ad
ad