१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १९ आइतबार
  • Saturday, 05 July, 2025
२o७९ भदौ १९ आइतबार १९:४४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

यसपटकको निर्वाचनमा पनि चर्चामा चितवन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ १९ आइतबार १९:४४:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, सुरेन्द्र पाण्डे र राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको गृहजिल्ला चितवन यसपटक पनि चुनावी चर्चामा रहने निश्चित छ। पुराना नेता पुनः उम्मेदवार बन्ने चाहना र नयाँ व्यक्तिहरूको आकांक्षाले चितवनको चुनाव थप रोचक बन्दै छ। 

जति वेला मुलुकलाई ७५ जिल्लामा विभाजन गरिएको थियो, त्यति वेलासमेत चितवनलाई ७६औँ जिल्लाका रूपमा चिनिन्थ्यो। पञ्चायती शासनकालदेखि नै वामपन्थी नेता जागृतपसाद भेटवाल र भीमबहादुर श्रेष्ठ विजय गराउँदै आएको चितवनमा कांग्रेस र माओवादीको तालमेलमा हुन लागेको चुनावले थप रोचक बनाउँदै छ। चितवनमा नेपाली कांग्रेसले आकांक्षीको नाम संकलन गरिसक्दा नेकपा एमालेले २० गतेसम्म आकांक्षीको नाम केन्द्रमा पठाउनेछ। 

गठबन्धन कुन ढंगले अघि बढ्छ भन्ने प्रतीक्षामा यहाँका नेता र कार्यकर्ता रहे पनि राजनीतिक गर्मीले चितवन थप तातेको छ। सबैको चासो रहेको चितवन क्षेत्र नम्बर ३ पुष्पकमल दाहाल प्रचण्डको गृहनगर र चुनाव क्षेत्र हो। कांग्रेस र राप्रपा तालमेलबाट उठेका राप्रपा नेता विक्रम पाण्डेलाई वामगठबन्धनबाट उठेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९ हजार तीन सय ४१ मतान्तरले गत निर्वाचनमा जितेका थिए। 

अहिले निर्वाचनको गठबन्धन फरक छ यद्यपि पुनः ठेकेदारको पृष्ठभूमिसमेत रहेका पाण्डे र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तीन नम्बर क्षेत्रबाट नै पुनः उठ्ने पक्का छ। पाण्डेलाई एमालेले सहयोग गर्ने छ भने छ भने दाहाललाई पाँचदलीय गठबन्धनले। तीन निर्वाचन क्षेत्र रहेको चितवनमा माओवादीले प्रचण्ड उठ्ने क्षेत्र आफ्नो पक्षमा परेर अन्य दुई ठाउँ गठबन्धनका अन्य पार्टीलाई दिने मोडमा छ। चुनाव केन्द्रित गरेर प्रचण्डले आफ्नो घर पनि बनाउँदै छन्। 

आफू चितवन आउनु र यहाँको विकास निर्माणसँग जोड्नु नियमित प्रक्रिया भएको बताएका प्रचण्डले चुनावकेन्द्रित गतिविधि पनि सञ्चालन गरिरहेका छन्। आउँदो मंसिर ४ मा निर्वाचन हुने घोषणा भएपछि पहिलोपटक ८ भदौमा माडी आएका दाहालले संघीय सरकारका २ मन्त्रीलाई समेत साथै ल्याएर दाहालले पुलको उद्घाटन, भरतपुर–माडी–ठोरी हुलाकी सडकको स्तरोन्नति र केही खहरे खोलामा हुने तटबन्धनको  शिलान्यास गरे। उनले थप आयोजना निर्माण र भूमिहीनलाई जमिन दिने आश्वासन पनि दिए।

नेपाली कांग्रेसले उम्मेदवार हुन इच्छुकसँग मागेको आवेदनमा क्षेत्र नम्बर ३ बाट आकांक्षीको संख्या ६ छ। कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, दिनेश कोइरालासहित संविधानसभा सदस्य रामकृष्ण घिमिरे, महाधिवेशन प्रतिनिधि विजयराज शर्मा भुसाल, नेता तारानाथ पौडेल र भरतप्रसाद सापकोटाले उम्मेदवारीको लागि निवेदन दर्ता गराएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला शीर्ष नेताहरूको नेपालभरि जहाँ पनि क्षेत्र हुने र उठ्न सक्ने भन्दै  प्रचण्डले अहिले कांग्रेसका लागि ३ नम्बर निर्वाचन क्षेत्र छाड्दिने बताउँछन्। 

कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल पार्टीको नेता कार्यकर्ता व्यवस्थापनमा समस्या भएको भन्दै चितवनबाटै उठे पनि प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्नुपर्ने पक्षमा छन्। ०८ असोजमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्ड भर्सेस बादल पनि हुन सक्छ भन्ने पूर्वमाओवादी रामबहादुर थापा बादल पनि प्रतिनिधिसभामा लड्ने मोडमा छन्। यद्यपि उनी आफ्नै क्षेत्र नम्बर २ बाट उठ्ने सम्भावना देखिन्छ। यता एकीकृत समाजवादीले महेश लम्साललाई उठाउने तयारी गरेको छ। माओवादी केन्द्रका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी पार्टी अध्यक्ष प्रचण्ड चितवनबाटै लड्ने र आफूहरूले अभियानसमेत होमिएको बताउँछन् तर स्थानीय निर्वाचनमा भरतपुर महनगरपालिका प्रमुखलाई साथ नदिएको कांग्रेसका असन्तुष्ट केही नेताहरूले यसपटक पनि विद्रोहको तयारीमा छन्।