मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
प्रतिकात्मक तस्बिर
Invalid date format १३:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा जंगली हात्ती मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१२:oo

उदयपुरको बेलका नगरपालिका– ८ मा एक जंगली हात्ती मृत फेला परेको छ। कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने सिसाैली जंगलमा जंगली हात्ती मृत अवस्था फेला परेको डिभिजन वन कार्यालय गाईघाटले जानकारी दिएको छ।

कार्यालयका प्रमुख अम्बिकाप्रसाद पौडेलका अनुसार गएराति नै उक्त हात्ती मृत अवस्थामा फेला परेको जानकारी आएको र पोस्टमार्टमका लागि टोली पठाइएको छ। उनले भने, ‘त्यही क्षेत्रमा घुमिरहने जंगली हात्ती मृत अवस्थामा फेला परेकाले पोस्टमार्टमसहित अनुसन्धान अघि बढाएका छौँ । मृत्युको कारण पोस्टमार्टमको रिपाेर्ट नआईकन थाहा हुँदैन।’