१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार ११:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

विद्युत् खपत प्रवर्द्धन कार्यक्रम सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:o८:oo

नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपत प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । उक्त अभियानको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन् । 

प्राधिकरणले यातायात, कृषि, भान्सालगायतका क्षेत्रमा विद्युत् खपत बढाउने उद्देश्यसहित उक्त कार्यक्रम सुरु गरेको हो । त्यसका लागि प्राधिकरणले विद्युतीय सवारीसाधन, बाइक, इन्डक्सन चुलोजस्ता विद्युतीय उपकरण प्रयोग गर्न प्रोत्साहन हुने भिडियो विज्ञापनसमेत सार्वजनिक गरेको छ । त्यसमा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै, विद्युत् प्राधिकरणले ग्राहकमैत्री एप्ससमेत सार्वजनिक गरेको छ । त्यसबाट प्राधिकरणको बिल भुक्तानी गर्न सकिनेलगायतका सुविधा छन् । नेपालमा पछिल्लो समय विद्युत् खपत बढ्दै गएको छ । तर, त्यसअनुसार खपत भने बढ्न सकेको छैन । त्यसमाथि पेट्रोल, ग्यास आयात गर्दा वार्षिक खर्बौँ रुपैयाँ बाहिरिएको छ । पेट्रोल, डिजेल र ग्यासको ठाउँमा विद्युत् प्रयोग गर्न सकिन्छ ।

तर, त्यसअनुसार विद्युत्को प्रयोग बढेको छैन, सोही अवस्थालाई समेत दृष्टिगत गर्दै प्राधिकरणले उक्त कार्यक्रम ल्याएको हो । कार्यक्रममा मन्त्री भुसालले सबै ठाउँमा विद्युतीय ऊर्जाको प्रयोग बढाउनुपर्ने बताइन् । घरको भान्सा, यातायात, उद्योग, कृषि, होटेललगायतका व्यावसायिक क्षेत्रमा विद्युत्को प्रयोग हुनुपर्ने उनको भनाइ थियो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको पाँच वर्षमा दुई खर्बको विद्युत् निर्यात गरिने बताए । ‘हामी स्वदेशमा विद्युत् खपत नबढाएर विद्युत् निर्यात गर्छाैँ भनेको होइन । हाम्रो पहिलो प्राथमिकता नै स्वदेशी विद्युत् खपत बढाउने हो र बाँकी रहेको निर्यात गर्ने हो,’ उनले भने, ‘त्यसरी बाँकी भएको विद्युत् निर्यात गरेर नै हामीले सोबराबरको विद्युत् निर्यात गर्छौँ । साथै, यस वर्षदेखि भारतसँगको विद्युत् व्यापार नाफा हुनेछ ।’ उनले ४० अर्बको विद्युत् खपत गर्दा पाँच खर्बको आयात विस्थापित गर्न सकिने बताए । 

ad
ad