मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
कमल गाउँपालिकामा शुक्रबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली । 
Invalid date format २o:२८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेले हारे देशले हार्छ : ओली 

कमलका कार्यकर्तासँग ओलीको असन्तुष्टि : अघिल्लोपटक गोलामार्फत भगवानले जिताए, यसपटक त गोलाको नजिक पनि पुगिएन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:२८:oo

एमालेका अध्यक्ष केपी ओलीले एमालेले हारे देशले हार्ने दाबी गरेका छन्। ओलीको निर्वाचन क्षेत्रअन्तर्गत झापाको कमल गाउँपालिकामा भएको राष्ट्रिय युवा संघको कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै ओलीले देशलाई जिताउन पनि एमालेलाई जिताउनुपर्ने बताए। उनले अहिलेको सरकार दक्षिणपन्थीहरूको गठबन्धनको सरकार भएका कारण देश र जनताको पक्षमा काम नगरेको दाबी गरे। 

‘परमादेशमार्फत बनेको दक्षिणपन्थीहरूको सरकारले देशको हालत बिगारेको छ,’ ओलीले भने, ‘एमालेले चुनाव हारे देशले हार्छ। जनताले हार्छन्, लोकतन्त्रले हार्छ। त्यसैले ४ मंसिरको चुनाव एमालेले जित्नैपर्छ। त्यसका लागि तयारी गर्नुस्।’ 

उनले जब एमालेले राम्रको काम गर्छ तब एमालेको सरकार ढाल्दै आएको दाबी गरे। ‘०५२ सालमा पनि एमालेले राम्रो काम गर्दै गर्दा सरकार ढालियो। संविधान निर्माणपछि पनि राम्रो काम हुँदै थियो। माओवादी अर्कोतिर लाग्यो,’ उनले भने, ‘यसपटक त झन् एमालेले धेरै राम्रो काम गरेको थियो, तर माओवादी, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरू मिलेर सरकार ढाले।’ 

उनले अहिलेको सरकारलाई एमालेले गरेको विकास देखेर टाउको दुखिरहेको आरोप लगाए। ‘अहिलेको सरकारले एमालेले गरेको विकासमा बजेट काटेको छ, यो सरकारलाई लुट्न आउँछ, विकास गर्न आउँदैन,’ उनले भने, ‘धरहरा, रानीपोखरी बनाएकोमा टाउको दुखाइ छ।’ 

उनले कार्यकर्तालाई फकाउँदै राजनीतिमा धैर्यताले अवसर दिने बताए। यद्यपि, अवसरका लागि राजनीति गर्न नहुने पनि बताए। अध्यक्ष ओली कार्यकर्तालाई चित्त नदुखाउन आग्रह गरे। ४ मंसिरको निर्वाचनपछि मात्र दुखेको चित्तलाई छाम्नुपर्ने बताए। 

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा कमल गाउँपालिका अध्यक्षमा एमालेको पराजयप्रति पनि असन्तुष्ट व्यक्त गरे। ओलीकै निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने कमल गाउँपालिकाको प्रमुखमा कांग्रेसका हुकुमसिंह राईले जितेका छन्। उक्त परिणामले ओली पनि झस्किएका छन्। उनले ७० प्रतिशत एमाले छ भनिएको पालिकामा हार्नुपरेको भन्दै असन्तुष्ट व्यक्त गरे। 

‘पुरानो तोपगाछी र लखनपुर त एमालेको गढ हो। कमल भनेको पनि यहीँ हो। यहाँ त ६५ देखि ७० प्रतिशत एमाले छन्, तर ५० प्रतिशतमा किन झर्‍यो ? एमाले किन कुप्रो पर्‍याे ? जनताको काम गर्ने एमालेबाट किन जनता टाढा भए ?’ उनले भने, ‘अघिल्लोपटक पनि गोलामा भगवानले जिताए । हामी त जिताउन सक्ने रहेनछौँ । गोलामा जितेको भने त हामीले जितेको हाेइन । यसपटक त गोलाको छेउमा पनि पुगिएन । हामी एमाले के गर्छौँ ? यहाँका कार्यकर्ता के गर्छौँ ?’