मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर २१ बुधबार
  • Wednesday, 07 December, 2022
२०७९ भदौ १६ बिहीबार १६:४७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

मिटरब्याजीलाई कारबाहीको माग राख्दै बालुवाटार मार्च (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७९ भदौ १६ बिहीबार १६:४७:००

मिटरब्याजीहरूलाई कारबाहीको माग राख्दै नागरिक आन्दोलनकारीले आज माइतीघरबाट बालुवाटारसम्म मार्चपास गरेका छन् । नवलपरासीको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको संयुक्त समितिले गठन गरेको संघर्ष समितिले मिटरब्याजीहरूलाई कारबाहीको माग राख्दै लामो समयदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिँदै आएका थिए ।

तर, सरकारले माग पूरा नगरेको भन्दै नागरिक आन्दोलनकारीले  आज बालुवाटार मार्चपास गरेका हुन् ।  पीडितहरूले मिटरब्याजीहरूलाई कारबाही गर्नुपर्ने, सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्नेलगायतका मागहरू सरकारसँग राखेका छन्।