१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १५ मंगलबार
  • Tuesday, 28 May, 2024
२o८१ जेठ १५ मंगलबार २२:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हत्या गरिएको अवस्थामा दम्पती भेटिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १५ मंगलबार २२:५९:oo

माडी गाउँपालिका– ३ तालावाङमा एक दम्पती खुकुरीले काटेर हत्या गरिएको अवस्थामा फेला परेका छन् । रोल्पा परिवर्तन गाउँपालिका–२, राङ्सी घर भएका करिब २७ वर्षीय दुर्गाबहादुर पुन र उनकी श्रीमती करिब ३७ वर्षीया पार्वती मृत अवस्थामा भेटिएको रोल्पा प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले बताए ।

काठमाडौं इँटाभट्टामा काम गर्दा बिहे गरेर रोल्पा आई तालावाङस्थित जयलाल डाँगीको घरमा मजदुरी गर्दै आएका उनीहरूको हत्या अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कुकुर बोलाइएको प्रहरीले जनाएको छ । घटनाको खबर पाएसँगै घर्तीगाउँ इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक देवराज भट्टराईको टोली र रोल्पा प्रहरी प्रमुख विनोद घिमिरेको टोलीले घटनास्थलको अवलोकन गरेको छ ।  

वडाध्यक्ष बलबहादुर बुढाले घटना मंगलबार राति भएको हुन सक्ने बताए । ‘महिलाको माइती बाहिर जिल्ला हो । दुवैको हत्या नै भएको हो । बाँकी अनुसन्धानले खुल्नेछ,’ उनले भने । दम्पतीकै बीभत्स हत्या भएपछि यतिवेला तालावाङ गाउँ शोकमा डुबेको छ । 
 

ad
ad