१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १५ बुधबार २०:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘सेयर राइडर’ले सवारीसाधनको अगाडि मोबाइल फोन राखे ५०० देखि दुई हजारसम्म जरिवाना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १५ बुधबार २०:२५:००

‘सेयर राइडर’ले अब मोबाइल जडान गरी मोटरसाइकल चलाउन पाउने भएका छन्। दुर्घटना बढ्न थाले ट्राफिक प्रहरी यस्तो नियम कार्यन्वयनमा ल्याएको हो। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट अनुुसार मोबाइल जडान गरी मोटरसाइकल चलाउने ‘सेयर राइडर’लाई पाँच सयदेखि दुई हजार रुपैयाँसम्म जरिवाना हुनेछ। यो नियम बुधबारबाटै लागू गरिएको उपत्यका ट्राफिक कार्यालयको भनाइ छ। कार्यालयका प्रवक्ता एसएसपी  राजेन्द्रप्रसाद भट्टले दुर्घटनाको दर बढ्न थालेपछि यस्तो नियम कार्यन्वयनमा ल्याइएको बताए। 

उनले भने, ‘सेयर राइडरहरू मोटरसाइकलको अगाडितर्फको ‘ह्यान्डल’मा ‘स्टयान्ड’ बनाई  मोबाइल राख्ने गरेको पाइयो। सोही मोबाइलमा आएको सूचनाका आधारमा उनीहरूले सेवा दिने गरेको पाइयो। उक्त मोबाइलमा फोन पनि आउने हुँदा राइडरको ध्यान अन्तै मोडिने देखियो। यसले दुर्घटना हुने देखियो। यसलाई हामीले रोक्न खोजेका हौँ।’

ट्राफिक प्रहरीका अनुसार नियम कार्यान्वयनको सुरुवाती चरणमा सम्झाइबुझाई गर्ने र नमानेको खण्डमा मात्रै जरिवाना असुल्ने भनिएको छ। अटेर गर्ने राइडरको हकमा भने सवारीसाधनको स्वरूप परिवर्तन गरेको अभियोग लगाएर कारबाही हुने कार्यालयका प्रवक्ता एसएसपी भट्टले बताए। काठमाडौं उपत्यकाभित्र विभिन्न कम्पनीसँग आबद्ध १० लाखभन्दा धेरै ‘सेयर राइडर’ छन्। उनीहरूको दैनिक रोजीरोटी ‘सेयर राइडिङ’कै क्रममा जुट्दै आएको छ।