१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
जेसन लि
Invalid date format १२:oo:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

‘नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिन सक्षम हुने ह्वावेको चाहना’

Read Time : > 1 मिनेट
जेसन लि
नयाँ पत्रिका
Invalid date format १२:oo:oo

‘सिड्स फर द फ्युचर’ हाम्रो सबैभन्दा लामो चलिरहेको ग्लोबल फ्ल्यागसिप सिएसआर कार्यक्रम हो। २००८ देखि विश्वभरबाट १२ हजारभन्दा बढी विद्यार्थीले यसमा भाग लिएका छन्। यस वर्ष हामीले नेपालबाट सातजना प्रतिभाशाली विद्यार्थीलाई बैंकक, थाइल्यान्डमा रहेको हाम्रो पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा पठाएकोमा मलाई धेरै गर्व छ । Tech4Good प्रतियोगिताका लागि म उहाँहरूलाई र उहाँहरूको शानदार विचारप्रति शुभकामना प्रकट गर्दछु ।

ह्वावेमा डिजिटल प्रतिभाहरू डिजिटल विकासको आधार हो भन्ने हामी बुझ्छौँ । हामी सबै एक सय ७० देश र क्षेत्रहरूमा सक्रिय रूपमा डिजिटल प्रतिभाको विकासलाई बढावा दिइरहेका छौँ । मलाई लाग्छ नेपालमा डिजिटल रूपान्तरणको ठूलो सम्भावना छ भनेर हामी सबै सहमत हुन सक्छौँ । यस रूपान्तरणको मुटु प्रतिभाशाली युवा व्यक्तिहरू हुनेछन् । सिड्स फर द फ्युचरजस्ता कार्यक्रममार्फत हामी त्यस्ता डिजिटल प्रतिभाको विकास गर्न योगदान दिने आशा गर्छौँ । मलाई आशा छ कि यस वर्षको Tech4Good प्रतियोगिताको लागि विद्यार्थीले विकास गरेको विचार वास्तविकतामा परिणत होस् ।

आइसिटी पूर्वाधार र स्मार्ट उपकरणको अग्रणी प्रदायकको रूपमा ह्वावे नेपालमा नयाँ प्रविधि प्रस्तुत गर्न प्रतिबद्ध रहेको छ । हाम्रो लक्ष्य सधैँ समाजमा भ्यालु निर्माण गर्ने रहेको छ । हामीले त्यो हाम्रा उत्पादन र सोलुसनहरूमार्फत गरेका छौँ । हामी हाल सरकारी एजेन्सी, मोबाइल नेटवर्क अपरेटर, इन्टरनेट सेवा प्रदायक र निजी उद्यमहरूसँग काम गरिरहेका छौं- नेपालको प्रत्येक व्यक्ति, घर र संस्थामा डिजिटल पहुँच पुर्‍याउने लक्ष्यका साथ । हामी सबै आइसिटी सरोकारवालाहरूसँग ब्रोडब्यान्ड कनेक्टिभिटी, डाटा सेन्टरहरू, क्लाउड र कम्प्युटिङ र अन्य नयाँ प्रविधिहरूमार्फत साझेदारी गरेर नेपाली डिजिटल अर्थतन्त्रको जग निर्माण गर्ने आशा गर्दर्छौँ ।

सिड्स फर द फ्युचरजस्ता कार्यक्रममार्फत हामी नेपालका प्रतिभाशाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइका लागि प्लेटफर्म दिन सक्षम हुन चाहन्छौँ । यस वर्ष छनोट भएका ७ जना विद्यार्थीले भविष्य निर्माणमा प्रविधिले खेलिरहेको भूमिका फर्स्ट-ह्यान्ड हेर्न सक्नेछन् । मलाई आशा छ कि उनीहरू फर्किएपछि उनीहरूले आफूले सिकेको कुरा आफ्ना साथीहरूलाई सिकाउने छन् । 

(ह्वावे बंगलादेश र नेपाल प्रतिनिधि कार्यालयका सहायक बोर्ड निर्देशक लीले सिड्स फर द फ्युचर २०२२ को उद्घाटन समारोहमा राखेका मन्तव्यमा आधारित)