१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १३:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घरमै भत्ता पाएपछि रामेछापकाे गुन्सीका ज्येष्ठ नागरिक दंग

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १३:४५:oo

सडक र यातायातको पहुँच नहुँदा पैदल हिँडेर बैंकसम्म पुग्न नसक्ने सुनापति गाउँपालिका– १ गुन्सीका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरघरमै पुगेर दिएपछि उनीहरू खुसीले दंग भएका छन् । 

ग्रामीण भेगमा कच्ची सडकले छोए तापनि ती रुटमा नियमित यातायातका साधनहरू सञ्चालन हुन नसक्दा बैंकसम्म पैदल हिँडेर पुग्न नसक्ने ज्येष्ठ नागरिकलाई सुविधा पुगोस् भन्ने उद्देश्यले सामाजिक सुरक्षा भत्ता बोकेर कर्मचारीसहित वडाध्यक्ष ध्रुव चौलागाईं घरघरमा पुगेर भत्ता  वितरण गरेसँगै ज्येष्ठ नागरिक खुसीले दंग भएका हुन् । 

शारीरिक अस्वस्थ भएका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल महिला र दलितलाई उनीहरूले पाउने सामाजिक सुरक्षा भत्ता घरघरमै लगेर वितरण गरिएको हो । शारीरिक रूपमा अस्वस्थ भएका ज्येष्ठ नागरिकलाई सहजता प्रदान गर्न वडा कार्यालयले सुनापति गाउँपालिकामा रहेको सिटिजन बैंककाे समन्वयमा सुरक्षा भत्ता घरघरमै पुर्‍याइएको हो । 

स्थानीय तहको निर्वाचनको समयमा नागरिकको घरघरमा मत माग्न जाँदा आफूले निर्वाचन जिते ज्येष्ठ नागरिकलाई घरघरमै सामाजिक सुरक्षा भत्ता ल्याइदिने वचन दिएकाले आफू निर्वाचित भएसँगै ज्येष्ठ नागरिकहरूसँग गरेको वाचा पूरा गर्न भत्ता रकम घरघरमै पुर्‍याएको सुनापति गाउँपालिका– १ गुन्सीका वडाध्यक्ष ध्रुव चौलागाईंले जानकारी दिए ।  

उनले भने, ‘ज्येष्ठ नागरिकहरू पैदल हिँडेर बैंकसम्म जान सक्ने अवस्थामा हुनुहुन्न । भत्ता रकम लिनकै लागि कतिपय डोकोमा बोकिएर जानुपर्ने बाध्यता छ । बैंकसम्म पुग्न घन्टाैँ पैदल हिँड्नुपर्ने समस्या एकातिर छ । अर्कोतिर बैंक पुग्दा पनि पैसा झिक्न घन्टाैँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ । त्यसकारण यी दुवै समस्या हल गर्न बैंकसँग सहकार्य गरेर पैसा लिएर घरघरमै पुगेर रकम वितरण गरेका हौँ ।’