मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १३:२६:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खोटाङमा एकीकृत समाजवादीबाट राजन राईकाे नाम सिफारिस

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२६:oo

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पोलिटब्युरो सदस्य राजन राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी मंसिर– ४ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेश सरकार, १ प्रदेशका सामाजिक विकासमन्त्रीसमेत रहेका पोलिटब्युरो सदस्य राईको एक मात्र नाम सिफारिस गर्ने निर्णय गरेको हो । 

प्रतिनिधिसभा समानुपातिक सदस्यमा जिल्ला अध्यक्ष जलसेर राई र सचिवालय सदस्य संगीता राईको नाम सिफारिस गरिएको युवा संघ खोटाङका अध्यक्ष पवन श्रेष्ठले जानकारी दिए । 

यस्तै, प्रदेश सभा (क)मा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य वीरबलकाजी राई, प्रदेश सदस्य उदयबहादुर कार्की, प्रदेश सदस्य भीम राई (बुइपा), जिल्ला सचिव राजन आचार्य, युवा संघको केन्द्रीय सचिवालय सदस्य भीम राई (बाम्राङ), प्रदेश सदस्य विष्णु दाहाल, समन्वय परिषदको प्रदेश सदस्य तेजबहादुर राई र समानुपातिकमा केन्द्रीय सदस्य रमिला गुरुङको नाम सिफारिस भएको छ ।

प्रदेश सभा (ख)मा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य एव. जिल्ला इन्चार्ज बबि चाम्लिङ, प्रदेश सदस्य श्यामराज राई, नरेश राई, तारानाथ दाहाल, कुमार राई, परिवर्तन राई, बम खत्री, शम्भु घिमिरे र समानुपातिकमा अम्बिका राईको नाम सिफारिस गर्ने निर्णय गरिएको छ । यद्यपि, सत्तागठबन्धनमा आबद्ध पाँच राजनीतिक दलबीच केन्द्रमा सिट बाँडफाँडको टुंगाे लाग्न बाँकी छ । 

जिल्लाका अन्य राजनीतिक दलले प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारहरूको विषयमा अहिलेसम्म छलफलसमेत गरेका छैनन् । तथापि, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट वर्तमान प्रतिनिधिसभा सदस्य एवं संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, केन्द्रीय सदस्य एवं पूर्वसामाजिक विकासमन्त्री उषाकला राई, केन्द्रीय सदस्यहरू खगेन्द्र राई र रमेश पौडेलको नाम चर्चामा छ । 

प्रदेश सभा ‘क’मा संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’, केन्द्रीय सदस्य खगेन्द्र, केन्द्रीय अनुशासन आयोगका सदस्य कर्ण घले, प्रदेश सदस्य देवान राई, जिल्ला उपाध्यक्ष देवविक्रम राईलगायतका नेताहरूको दाबी छ । प्रदेश सभा ‘ख’मा भने जिल्ला अध्यक्ष रामप्रसाद दंगाल निर्विकल्प उम्मेदवार रहेको बुझिएको छ। 

जिल्लाबाट प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारहरुको नामावली भदौ–२२ गतेभन्दा अगाडि बैठक बसेर टुंग्याइने जिल्ला सचिव कुमार आचार्यले जानकारी दिए । जिल्लामा प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि आकांक्षी धेरै देखिए पनि सहमतिको आधारमा टुंगाे लगाइने एमालेले जनाएको छ । 

उता, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)मा प्रतिनिधिसभा सदस्यका लागि धेरै आकांक्षी देखिएका छन् । कांग्रेसमा पूर्वराज्यमन्त्री सर्वधन राई, सरस्वती बजिमय, युवा नेता सुवासकुमार पोखरेललगायतका नेता देखिएका छन् । 

प्रदेश सभा ‘क’मा जिल्ला उपसभापति इवन राई, जिल्ला सदस्य धर्मराज पोखरेल, प्रदेश सदस्य जितेन्द्रसिं ठकुरीलगायतका नेताहरूको दाबी छ । प्रदेश सभा ‘ख’ १ नं. प्रदेशका महामन्त्री भूपेन्द्र राई, प्रदेश सदस्य लोकेन्द्र राई, जिल्ला सभापति विष्णुकुमार राईलगायतको नाम चर्चामा छ । 

प्रदेश तथा प्रतिनिधिसभा सदस्यको उम्मेदवारको विषयमा यही भदौ १७ गते जिल्ला कार्यसमितिको बैठक बसेर टुंग्याइने जिल्ला सभापति राईले जानकारी दिए । प्रदेश तथा प्रतिनिधिसभा सदस्य उम्मेदवारको नामावली जिल्ला कार्यसमितिको बैठकले टुंग्याएपछि भदौ–१८ गते प्रदेशमा सिफारिस हुने जनाइएको छ । 

माओवादी केन्द्रमा पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज समिता कार्की ‘अस्मिता’, पोलिटब्युरो सदस्य एवं १ नं. प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’, पोलिटब्युरो सदस्य दुर्गाजयन्ती राई, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईलगायतका नेताको दाबी छ । 

प्रदेश सभा ‘क’मा प्रदेश सदस्य जीवन राई ‘संगीन’, टंक तामाङ ‘मदन’, सुरेश राई, मनकुमारी रसाइली ‘रस्मी’लगायतका नेताको नाम चर्चामा छ । प्रदेश सभा ’ख’मा वैकल्पिक केन्द्रीय सदस्य ध्रुव बुढाथोकी ‘धीरन’, प्रदेश उपाध्यक्ष देवान चाम्लिङ ‘पृथ्वी’, जिल्ला संयोजक आकाश पाण्डे ‘दीपक’लगायतका नेताहरूको दाबी छ । 

यद्यपि, प्रदेश तथा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका विषयमा तल्लो तहसम्म छलफल चलाएर सुझाव संकलन गर्ने काम भइरहेको माओवादी केन्द्रले जनाएको छ । जिल्लाका अन्य साना दलहरूले पनि अहिलेसम्म उम्मेदवार टुंग्याएको छैन ।