१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १७:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अट्वारी पर्वमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक दिन सार्वजनिक बिदा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:५६:oo

थारू समुदायको पवित्र पर्व अट्वारीको अवसरमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले एक दिन बिदा दिएका छन्। दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध सुमधुर बनाउने पर्वको रूपमा मनाइने अट्वारी १२ भदौमा मनाइँदै छ। 

पर्वका अवसरमा सुदूरपश्चिम प्रदेशले पनि एक दिन सार्वजनिक बिदा दिएको छ। सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत विष्णुदत्त  अवस्थीले सार्वजनिक सूचना जारी गरी अट्वारी पर्वको अवसरमा प्रदेशभर एक दिन सार्वजनिक बिदा दिएको जनाएका छन्। 

लुम्बिनी प्रदेशमा भने अट्वारी मनाउने बाँके, बर्दिया र दाङमा बसोबास गर्ने थारू समुदायलाई मात्र बिदा दिने निर्णय भएको आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका अधिकृत माधव शर्माले जारी गरेको सूचनामा उल्लेख छ।

ad
ad