मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ६ सोमबार ०७:३१:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मधुमेह हुँदा के खाने, के नखाने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ६ सोमबार ०७:३१:००

रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी भएकोे अवस्थालाई मधुमेह अर्थात् चिनीरोग लागेको भनिन्छ । मधुमेह हुँदा शरीरमा चिनीको मात्रा बढ्छ । यो खानपान र जीवनशैलीका कारण पनि हुने गर्छ ।अहिले मधुमेहका रोगी बढिरहेका छन् । हामीले खानपानमा ध्यान दियौँ भने मधुमेहबाट बच्न सकिन्छ । हामीले वेलावेलामा सुगर चेक गर्नुपर्छ । वेलावेलामा चेकजाँच गर्नु पनि एक किसिमकोे रोकथाम नै हो । मधुमेहको लक्षण सुरुमै देखिन पनि सक्छ, नदेखिन पनि सक्छ । 

लक्षण

  • शरीर धेरै मोटो देखिनु
  • आँखाको कालो भागमा सेतो रिंकल देखिनु 
  • खुट्टाको गोलीगाँठा सुन्निन थाल्नु
  • घाँटीमा कालो बस्ने र जति धोए पनि नजाने हुनु 

के खाने ? 

  • कार्बोहाइड्रेट कम भएको खानेकुरा खाने 
  • ताजा सागपात, फलफूल खाने 
  • वेलावेलामा माछा खाने 
  • प्रोटिनयुक्त खानेकुरा खाने

के नखाने ? 

  • चिल्लो–पिरो नखाने 
  • मधुमेह भइसकेको छ भने
  • ग्लुकोजजन्य फलफूल नखाने 
  • रातो र बोसो भएको मासु नखाने 
  • बट्टामा राखिएको अचार नखाने
  • मैदाजन्य खानेकुराहरु नखाने 
  • धूम्रपान तथा मद्यपान नगर्ने