१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
एजेन्सी
२o८१ बैशाख ३० आइतबार ११:२o:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

विदेशी क्रिकेट टोलीका प्रशिक्षक : कसको पारिश्रमिक कति ?

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
एजेन्सी
२o८१ बैशाख ३० आइतबार ११:२o:oo

२८ अगस्टबाट एसिया कप टी–२० क्रिकेट प्रतियोतिगा सुरु हुँदै छ । आर्थिक मन्दीका कारण प्रतियोगिता श्रीलंकाबाट संयुक्त अरब इमिरेट्स युएईमा स्थानान्तरण भएको हो । दुबईमा अहिले क्रिकेट माहोल बनेको छ । एसियन क्रिकेट राष्ट्रहरू यसै प्रतियोगितामा केन्द्रित छन् । एसिया कप चल्दै गर्दा खेलाडीले मैदानमा गरेको प्रदर्शनले मात्रै स्थान पाउँदैन । त्यही खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न प्ररित गर्ने प्रशिक्षकको पनि चर्चा हुन्छ । खेलका क्रममा खेलाडीजस्तै प्रशिक्षक पनि दबाबमा रहन्छन् । एक टोली सशक्त बनाउन प्रशिक्षकसमेत प्रभावशाली र रणनीतिले भरिपूर्ण हुनुपर्छ । सधैँ खेलाडीको प्रदर्शन र अनुबन्धको चर्चा चलिरहँदा प्रशिक्षकको चर्चा कमै चुलिन्छ । तर, खेलाडीझैँ प्रशिक्षक पनि ठूलो पारिश्रमिक लिइरहेका हुन्छन् । भारत र अस्ट्रेलियाका प्रशिक्षकले सबैभन्दा उच्च पारिश्रमिक लिइरहेका छन् ।

राहुल द्रविड (भारत) पारिश्रमिक : १६ करोड रुपैयाँ
राहुल द्रविड खेलाडीका रूपमा निकै चर्चित रहे । विश्व क्रिकेटमा उनको नाम सधैँ शीर्ष स्थानमा आउँछ । खेलाडी जीवनमा सफल द्रविड अहिले भारतीय राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक हुन् । रवि शास्त्रीपछि भारतीय टोलीमा द्रविडको आगमन भएको हो । द्रविड विश्व क्रिकेटमा सर्वाधिक पारिश्रमिक लिने प्रशिक्षकमा पर्छन् । भारतका पूर्वकप्तानसमेत रहेका ४९ वर्षीय द्रविडले भारतीय क्रिकेट बोर्डबाट प्रतिमहिना १६ करोड रुपैयाँ पारिश्रमिक पाउँछन् । मध्यप्रदेशका द्रविडले भारतीय टोलीबाट एक सय ६४ टेस्ट, तीन सय ४४ एकदिवसीय र १०९ टी–२० खेल खेलेका छन् । 

जस्टिन लेंगर (अस्ट्रेलिया) पारिश्रमिक : आठ करोड रुपैयाँ
अस्ट्रेलियाका प्रशिक्षक जस्टिन लेंगर कुनै समय ओपनिङमा विस्फोटक ब्याटिङ गर्थे । हाल अस्ट्रेलियन टोलीका मुख्य प्रशिक्षक बनेका लेंगरले प्रतिमहिना क्रिकेट अफ अस्ट्रेलियाबाट आठ करोड रुपैयाँ लिन्छन् । ५१ वर्षीय लेंगरले अस्ट्रेलियासँगै इन्डियन प्रिमियर लिगअन्तर्गत राजस्थान रोयल्स पनि हेर्छन् । बायाँहाते ओपनिङ ब्याट्सम्यान लेंगरले तीनै फम्यार्ट खेलेका छन् । उनले १०५ टेस्ट, ८ एकदिवसीय र ४१ टी–२० खेल खेलेका छन् । 

क्रिस सिल्भरउड (इंग्ल्यान्ड) पारिश्रमिक : सात करोड ४४ लाख रुपैयाँ
विश्व क्रिकेटमा तेस्रो महँगा प्रशिक्षक इंग्ल्यान्डका क्रिस सिल्भरउड हुन् । उनले इसिबीबाट प्रतिमहिना सात करोड ४४ लाख रुपैयाँ पारिश्रमिक लिन्छन् । सन् २०१८ मा उनी इंग्लिस टोलीमा बलिङ प्रशिक्षकका रूपमा नियुक्त भएका थिए । यसको एक वर्षपछि उनी इंग्लिस क्रिकेट टोलीकै मुख्य प्रशिक्षक बने । बोर्डले सिल्भरउडलाई एकदिवसीय, टेस्ट तथा टी–२० विश्व च्याम्पियनसिपमा इंग्ल्यान्डलाई राम्रो नतिजा दिलाउन मुख्य प्रशिक्षक बनाएको थियो ।  

मिकी आर्थर (श्रीलंका) पारिश्रमिक : पाँच करोड ५० लाख रुपैयाँ
मिकी आर्थर विश्वका सफल प्रशिक्षकमध्ये एक हुन् । उनको जन्म दक्षिण अफ्रिकामा भएको हो । मिकीले अस्ट्रेलिया र पाकिस्तानको मुख्य प्रशिक्षकका रूपमा काम गरिसकेका छन् । मिकीले सन् २०१७ को आइसिसी च्याम्पियन्स ट्रफीमा पाकिस्तानी टोली हेरेका थिए । मिकी अहिले श्रीलंकन टोलीका मुख्य प्रशिक्षक बनेका छन् । ५४ वर्षीय मिकीले श्रीलंकाली क्रिकेट बोर्डबाट प्रतिमहिना पाँच करोड ५० लाख रुपैयाँ बुझ्छन् । 

मिस्वाह उलहक (पाकिस्तान) पारिश्रमिक : दुई करोड ८६ लाख रुपैयाँ
मिस्वाह उलहक पाकिस्तानी क्रिकेटको इतिहासमा सदावहार चर्चित क्रिकेटरमा पर्छन् । उनको समयमा उनी पाकिस्तानको ब्याटिङ आधार नै थिए । सन् २०१९ देखि उनी पाकिस्तानी टोलीका मुख्य प्रशिक्षकका रूपमा काम गरिरहेका छन् । उनले पाकिस्तान क्रिकेट बोर्डबाट प्रतिमहिना दुई करोड ८६ लाख रुपैयाँ लिन्छन् । मिस्वाहले खेलाडीका रूपमा ७५ टेस्ट, १६२ एकदिवसीय र १६२ टी–२० खेल खेलेका छन् । 

ग्यारी रेमोन्ड (न्युजिल्यान्ड) पारिश्रमिक : दुई करोड ८६ लाख रुपैयाँ
न्युजिल्यान्डको ग्यारी स्टेडले केवल पाँच टेस्ट खेल खेल्दै महिला टोली सम्हाल्ने अवसर पाए । न्युजिल्यान्डको महिला टोलीलाई सफल बनाएपछि बोर्डले उनलाई पुरुषतर्फ हेर्न जिम्मेवारी दिएको हो । सन् २०१९ देखि उनले न्युजिल्यान्डको पुरुष टोली हेर्दै आइरहेका छन् । उनले बोर्डबाट प्रतिमहिना दुई करोड ८६ लाख रुपैयाँ लिन्छन् । उनकै प्रशिक्षणमा न्युजिल्यान्ड पहिलोपटक एकदिवसीय विश्वकपको फाइनलमा पुगेको थियो । ५० वर्षीय रेमोन्डले लिस्ट ए मान्यतामा १०३ खेल खेलेका छन् । 

रसेल डोमिंगो (बंगलादेश) पारिश्रमिक : दुई करोड ७६ लाख रुपैयाँ
दक्षिण अफ्रिकामा जन्मेका रसेल अहिले बंगलादेश टोलीका मुख्य प्रशिक्षक हुन् । सन् २०१९ देखि उनले बंगलादेश टोली हेरिरहेका छन् । बंगलादेश क्रिकेट बोर्डबाट उनले प्रतिमहिना दुई करोड ७६ लाख रुपैयाँ बुझ्छन् । उनकै प्रशिक्षणमा बंगलादेशले एसिया कपमा प्रतिस्पर्धा जनाउनेछ । 

मार्क बाउचर (दक्षिण अफ्रिका) पारिश्रमिक : एक करोड ६८ लाख रुपैयाँ
मार्क बाउचर इतिहासकै एक उत्कृष्ट विकेटकिपर हुन् । उनी सन् २०१९ मा दक्षिण अफ्रिकाको प्रशिक्षकमा नियुक्त भएका थिए । उनले बोर्डबाट प्रतिमहिना एक करोड ६८ लाख रुपैयाँ लिन्छन् । ४५ वर्षीय मार्कले १४७ टेस्ट, २९५ ओडिआई र २५ टी–२० खेल खेलेका छन् । 

नेपाली प्रशिक्षकको पारिश्रमिक १९ लाख

नेपालमा नाम चलेका प्रशिक्षक आउने र जाने भइरहेको छ । भारतीय स्टार पूर्वखेलाडी तथा प्रशिक्षक मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न गत साता नेपाल आए । पुबुदु दासानायकेले पारिवारिक कारण देखाउँदै राजीनामा दिएपछि प्रभाकरलाई नेपाल क्रिकेट संघ (क्यान)ले नियुक्त गरेको हो । खेलाडीका रूपमा उनीसँग धेरै कीर्तिमान छन् । भारतीय राष्ट्रिय टोलीबाट उनले तीनै फर्म्याटका खेल खेलेका छन् । 

भारतीय स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रभाकरले ३९ टेस्ट, १३० एकदिवसीय खेल खेलेका छन् । प्रभाकरसँग अफगानिस्तानको राष्ट्रिय टिमसहित रणजी ट्रफीमा दिल्ली, राजस्थान र युपी क्रिकेट संघको प्रशिक्षकमा रहेर काम गरेको अनुभव छ । 

उनलाई भित्र्याउन क्यानले खर्चिलो रकम प्रयोग गरेको छ । अलराउन्डर खेलाडी प्रभाकरसँग नेपाली क्रिकेटले ठूलो आशा गरेको छ । नेपाल एकदिवसीय मान्यताप्राप्त राष्ट्र हो । नेपाललाई एकदिवसीय मान्यता जोगाउन चुनौती छ । प्रशिक्षक प्रभाकरको कामसमेत यही हुनेछ । क्यानले आधिकारिक रूपमा उनको पारिश्रमिक सार्वजनिक गरेको छैन । तर, प्रभाकरले प्रतिमहिना १५ हजार डलर पारिश्रमिक क्यानबाट लिन्छन् । 

प्रभाकरको प्रतिमहिना तलब १९ लाख १६ हजार (शुक्रबारको विदेशी विनिमय दर अनुसार) हुन आउँछ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रभाकरको प्रारिश्रमिक १५ हजार डलर हाराहारीमा रहेको नयाँ पत्रिकालाई बताए । ‘हामीले अहिलेसम्म प्रशिक्षकको पारिश्रमिक सार्वजनिक गरेका छैनौँ । उहाँले १५ हजार हाराहारीमा पाउनुहुन्छ,’ चन्दले भने । प्रभाकर नेपाल रहँदा बसोवास र सवारीखर्चसमेत क्यान आफैँले गर्दै आएको छ ।

ad
ad