Skip This
एकीकृत फोहाेरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ ३ शुक्रबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका कञ्चनपुर
२o७९ भदौ ३ शुक्रबार १३:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकीकृत फोहाेरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ भदौ ३ शुक्रबार १३:o८:oo

एकीकृत फोहाेरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि शुक्लाफाँटा नगरपालिका– ११ स्थित श्रीकृष्ण सामुदायिक वनको पाँच हेक्टर जमिनमा रहेका रूख छपान र  कटान गरिने भएको छ। एसियाली विकास बैंकको रु. २६ करोड ७७ लाख सहुलियत ऋण सहयोगमा उक्त केन्द्र निर्माण हुन लागेको हो।

सबडिभिजन वन कार्यालयका प्रमुख दुर्गेश धामीका अनुसार उक्त केन्द्रका लागि सिन्दुरे (रुइना) प्रजातिका आठ सय २५ वटा रूख कटानका लागि स्वीकृति प्राप्त भएको  छ। ‘केही दिनभित्रै रूख छपानको कार्य अगाडि बढाउने तयारी गरेका छौँ,’ उनले भने, ‘सरोकारवाला पक्षसँग छलफल गरी छपान गरिने र कटान आदेश जारी भएपछि कटानको कार्य सुरु हुन्छ।’ 

वर्षातकाे मौसम भएकाले कार्य अगाडि बढाउनमा विलम्ब भइरहेको उनको भनाइ थियो। वन तथा वातावरण मन्त्रालयले एकीकृत फोहाेरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि श्रीकृष्ण सामुदायिक वन क्षेत्रको जग्गाको भोगाधिकारका लागि स्वीकृति प्रदान गरिसकेको छ।

सामुदायिक वनको पाँच हेक्टर जमिनमा फोहाेरमैला व्यवस्थापन केन्द्र निर्माण हुने क्षेत्रीय सहरी विकास आयोजनाका इन्जिनियर अमित यादवले बताए। उनका अनुसार उक्त केन्द्र निर्माणका लागि गत वैशाख २३ गते उक्त आयोजना र रमण केएसजेभी कैलालीबीच ठेक्का सम्झौता भएको थियो। ‘२० महिनाभित्र फोहाेरमैला व्यवस्थापन केन्द्र निर्माण सम्पन्न गरिसक्ने गरी ठेक्का सम्झौता भएको छ,’ इन्जिनियर यादवले भने, ‘निर्धारित समयभित्रै केन्द्र निर्माण हुन्छ । केन्द्रसम्म पुग्ने अढाइ किलोमिटर सडकसमेत निर्माण हुन्छ।’

नगरप्रमुख रणबहादुर महराले विगत लामो समयदेखि फोहाेरमैला व्यवस्थापन केन्द्र निर्माण कार्यले निकै चर्चा पाए पनि निर्माण हुन नसकेको बताए। ‘ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ,’ उनले भने, ‘वतावरणमा असर नपर्ने गरी केन्द्र निर्माण हुन्छ।’ रासस