Skip This
तीन महिनापछि सुकेटार विमानस्थलमा उडान
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ ३ शुक्रबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका ताप्लेजुङ
२o७९ भदौ ३ शुक्रबार १२:३o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तीन महिनापछि सुकेटार विमानस्थलमा उडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
नयाँ पत्रिका
२o७९ भदौ ३ शुक्रबार १२:३o:oo

प्रतिकूल मौसमका कारण अवरुद्ध ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ। नेपाल एयरलाइन्सले शुक्रबार उडान भरेको हो।

जहाजले काठमाडौंबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौं फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालय प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए। उनका अनुसार अब तालिकाअनुसार सातामा सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ। यात्रुको चापलाई मध्यनजर गर्दै केही समयपछि शनिबार पनि उडान थप्ने तयारी भइरहेको कार्यालयले जनाएको छ।

ताप्लेजुङबाट काठमाडौंसम्मका लागि हाल रु. नौ हजार दुई सय भाडादर छ। सुकेटार विमानस्थलमा गत जेठ १५ गते अन्तिम उडान भएको थियो। यात्रुले टिकट बुकिङ गरे पनि मौसमकै कारण जहाज आउन नसकेपछि उडान बन्द भएको थियो। लामो समय अवरुद्ध भएको उडान सुरु भएसँगै पर्यटन व्यवसायी, होटेल व्यवसायी र सर्वसाधारण उत्साहित भएका छन्। उडानले प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर पूजापाठ गर्न आउने तीर्थयात्रीलाई सहज हुनेछ।