Skip This
चिकित्सकविहीन मुगुमा प्रतिष्ठानले पठायो विशेषज्ञ    
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २ बिहीबार
  • Saturday, 27 July, 2024
२o७९ भदौ २ बिहीबार १o:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चिकित्सकविहीन मुगुमा प्रतिष्ठानले पठायो विशेषज्ञ    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २ बिहीबार १o:२७:oo

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ । विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरीले सास्ती भोग्दै आएका थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा. मंगल रावलका अनुसार डा. जितेन्द्र कँडेलले छोडेपश्चात् प्रतिष्ठानले पठाएका विशेषज्ञ डा. सिद्धार्थ खातीले दुई वर्ष सेवा दिएका थिए । उनले छोडेपछि विशेषज्ञ चिकित्सकविहीन मुगुका बिरामी मारमा परेका थिए ।  

डा. रावलले भने, ‘अस्पताल चिकित्सकविहीन हुँदा त्यहाँका सात सुत्केरीलाई हेलिकोप्टरबाट बाहिर पठाउनुपर्‍यो । यही समस्या समाधानका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी, स्वास्थ्यसचिव डा. रोशन पोख्रेल, प्रजिअ रोमबहादुर महतलगायतको पहलमा बुधबार डा. सुरेन्द्र शाक्यलाई पठाएर सेवा दिन थालिएको छ ।’  

डा. शाक्यको उपस्थितिले आकस्मिक र जटिल खालका रोगको उपचारका लागि हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने संकट हट्ने उनले बताए । उपकुलपति डा. रावलका अनुसार प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर अर्जुन सिंह नेतृत्वको टोलीले बुधबार नै जिल्ला अस्पतालका सम्पूर्ण उपकरण मर्मतसम्भार थालेको छ ।